पत्रकार मनिषलाई धम्की, संघले गर्‍यो कारबाहीको माग

समाचार लेखेको आधारमा फिल्मीखबर डटकममा कार्यरत रंग पत्रकार मनिष दाहालमाथि एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । मनिषमाथि ज्यान मार्ने धम्की आएपछि चलचित्र पत्रकार संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘प्रकाशित समाचारमा चित्त नवुझे वा गुनासो रहे त्यसअपर अपनाउनुपर्ने कानुनी वा वैधानिक बाटोलाई छाडेर पत्रकारमाथि भएको यस किसिमको धम्की प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।’

manis-anjan

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत २’लाई असर पर्ने गरि समाचार लेखेको भन्दै उनलाई शनिबार राती धम्की आएको थियो । धम्कीमा आइन्दा यस्तो समाचार लेखेको खण्डमा जे पनि गर्न सक्ने भन्दै प्रकाशित समाचार हटाउन धम्की दिइएको थियो ।

नेपालगञ्जको नम्बरबाट आएको धम्कीपछि पत्रकार मनिषले संघमा सुरक्षा पाउँ भन्दै उजुरी दिएका थिए । चलचित्र पत्रकार संघले दोषीलाई तत्काल कारबाही गर्न र पत्रकारको सुरक्षाको प्रत्याभुती दिलाउन स्थानिय प्रशासनसँग माग गरेको छ ।

पत्रकार मनिषले ‘कहानी यो प्रेमगीतको भर्सेस भन्छु आज, दर्शकले रुचाए कुन ? शिर्षकमा समाचार लेखेका थिए ।

देउवालाई भेटेर ओलीले भने- तत्काल संकटग्रस्त क्षेत्र घोषणा गरियोस्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको तथ्यपरक वितरण तत्काल संकलन गर्न सरकारसँग माग गरेको छ । एमालेले बाढी पहिरो प्रभावित ...