भूकम्पले थिलथिलो पारेको रसुवाको लाङटाङ क्षेत्रमा यतिबेला चुनावी चहलपहल छ ।
भूकम्पपछि सान्त्वना दिनसमेत बस्ती नपुगेकाहरू अहिले भोट माग्न धुइरिएका छन् । यहाँका हिमाली बस्ती, उकाली ओरालीमा भोट माग्नेको लावालस्कर भेट्न थालेको छ । भुकम्प पछि मानब बिहिन भएको लाङटाङको पुनःनिर्माणसँगै चुनाबि कार्यक्रमले नेता तथा कार्यकर्ताहरुको भिड लाग्न थालेको छ ।
रसुवाको सदरमुकाम धुन्चेमा भने केही दिनयता सुनसा नबनेको छ । धुन्चेमा भन्दा चीनसँग सीमा जोडिएको रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, कालिकास्थान र बेत्रावतीतिर चनाबि सरगर्मि बढि भएको छ ।
सबै पार्टीका उम्मेदवार सदरमुकाम बाहिरका गाउँँतिर भोट माग्न व्यस्त भएका छन् । विकट क्षेत्र भएकाले बास बस्दै भोट मागिरहेको गोसाइँकुण्ड गाउँँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार फुर्पा तामाङले बताउनु भयो । भौगोलिक बिटताका ाकरण मतदाताहरुको घरदैलो अभियन कार्यक्रम सञ्चालन गर्दा मतदाताकै घरमा बास बस्नु पर्ने बाध्यता रहेको उम्मेद्धवारहरुले बताएका छन् ।
गोसाइँकुण्ड गाँउपालीका रसुवा जिल्लाकै ठूलो, पर्यटकीय केन्द्र र सदरमुकाम धुन्चेसमेत रहेको गाउँँपालिका हो । पर्यटकीय केन्द्र लाङटाङ, क्यान्जिङ, सांस्कृतिक तथा धार्मिक महत्त्वको गोसाइँकुण्ड, लाङटाङ निकुञ्ज र चीनसँग नाका जोडिएको रसुवागढी नाका यसै गाउँँपालिकामा पर्छ । त्यसैले यो गाउँँपालिकालाई यहाँका दलहरूले बढी नै महत्त्व दिएर ‘हेबिवेट’ नेता उम्मेदवार बनाएका छन् ।
यो गाउँँपालिकामा कांग्रेसले जिल्ला सभापति पेम्बाछिरिङ तामाङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । शेर्पा एक सातादेखि हिमाली बस्तीहरूमा भोट माग्न व्यस्त भएका छन् ।
सदरमुकाम धुन्चेमै घर भएका गोसाइँकुण्ड गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार कैसाङ नुर्पू तामाङ पनि चार दिनदेखि गाउँतिरै व्यस्त छन् । वृद्धिम, टिमुरे, स्याफ्रुबेंसी, भार्खु, ठूलो स्याफ्रुमा दुई चरण घरदैलो गरे पनि उनी अझै ढुक्क बन्न सकेका छैनन् । भोट तान्न उहाँले भूकम्प पीडितको मापदण्डभित्र नपरेका यस क्षेत्रका ३ सय ९५ घरधुरीलाई समेट्न प्रशासन समक्ष पहल गरिरहेका छन् । यससँगै रोजगारी, पर्यटन प्रवद्र्धन र सडक सञ्जाल विस्तारका साथै विकासलाई मुख्य मुद्दा बनाएर भोट मागिरहेका छन् ।
