नमुना मतदान गराईयो ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा दुई ठाउँमा नमुना मतदान गराइएको छ ।

स्थानीय तहको चुनावमा सरोकारवालालाई मतदान गर्न सिकाउने उद्धेश्यले जिल्लाको सामुदायिक भवन खाल्डेबगर मतदान केन्द्र र ग्राङ प्राबि ग्राङमा नमूना मतदानको आयोजना गरिएको हो । निर्वाचन आयोगले आयोजना गरेको नमूना मतदान कार्यक्रममा चुनावको दिन मतदाताले मतदान गर्ने तरिका, स्वस्तिक छापको समुचित प्रयोग, मतदान प्रक्रियाका बारेमा जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी नबिन खालिङले बताए ।
उनले भने,‘बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा कत्ति पनि मत बदर नहोस् भनेर हामिले जिल्लाको दुई वटा मतदान केन्द्रमा नमुना मतदान गरेका छौँ, जिल्लाको सामुदायिक भवन खाल्डेबगर मतदान केन्द्र र ग्राङ प्राबि मतदान केन्द्रमा नमुना मतदानको आयोजना गरेका छौँ ।’
मतदान गर्दा कुनै पनि मतदाताले आफ्नो मतपत्र बदर नगरुन भन्ने उदेश्यले गरिएको नमुना मतदानमा कर्मचारी, मतदाता, उम्मेद्वार प्रतिनिधिको व्यवस्थापन र मत खसाल्ने विधिको बारेमा समेत सिकाईएको निर्वाचन अधिकारी खालिङले बताए ।

आज क्रिसमस डे मनार्इंदै

रसुवा पुस १०,इसाई धर्मावलम्बीले सोमबार डिसेम्बर २५ का दिन क्रिसमस डे मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा डिसेम्बर २५ तारिखमा क्रिसमम डे ...