संघर्षको युग सकियोः पुर्व प्रधानमन्त्रि खनाल

देवचन्द्र भट्ट
२७ वैशाख, नुवाकोट ।
पूर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका नेता झलनाथ खनालले देशमा संघर्षको युग सकिएको दावी गर्नुभएको छ । नेता खनाललाई नेपाली जनताले परिवर्तनका लागि २००७ सालदेखि गरेको संघर्ष २०७४ सालमा स्थानीय तहको निर्वाचनसंगै समाप्त हुने दावी गर्नुभयो ।
नेकपा एमालेका पुर्व अध्यक्षसमेत रहनु भएका खनालले वुधवार नुवाकोटको लिखु गाउंपालिकाको खानीगाउंमा एमालेद्वारा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुर्हुंदै देशमा स्थानीय तहको निर्वाचनसंगै विकस तथा सम्वृद्धिको युग सुरु हुने दावी गर्नुभयो । उहांले देशले लामो समयदेखिको संघर्ष अन्त्य भएको कारण अव स्थानीय, प्रदेश तथा संसदीय तीनवटा निर्वाचनले देको विकास हुने ठहर गर्नुभयो ।
नेता खनालले नेकपा एमालेले दुई दशकदेखि हुन नसकिरहेको स्थानीय निर्वाचनको मागलाई विभिन्न षडयन्त्रलेसमेत चिर्न नसकेको ठहर गर्दै यस निर्वाचनमार्फत जनताले आमुल परिवर्तन पाउने खुलासा गर्नुभयो । नेकपा एमालेको कारण सामाजिक सुरक्षा, आफ्नो गाउं आफैं वनाऔंैलगायतका कार्यक्रम पुरा भएको उल्लेख गर्दै नेता खनालले भएको दावी गर्दै सवै मिलेर देशमा सम्वृद्धिको युग सुरु गर्नु पर्ने वताउनुभयो ।

????????????????????????????????????

????????????????????????????????????

नेता खनालले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता उल्लंघन गरेको वताउनुभयो । स्थानीय तहमा निर्विरोध निर्वाचित भएको परिणामकै कारण कतिपय दलले निर्वाचन विरोधी गतिविधि गरिरहेको वताउनुभयो ।
एक दलले कार्यक्रम गरिरहेको समयमा अन्य दलले सोही स्थानमा पुगेर नाराजुलुश गरेर डिष्टर्व गर्न नहुने आचारसंहिताले निर्दिष्ट गरेको भए पनि नेता झलनाथ खनाल सहभागी सो कार्यक्रम चलिरहंदा र खनाल नै वोलिरहंदा नेपाली कांग्रेस र राप्रपाले नाराजुलुश गरेर आचारसंहिता उल्लंघन गरेकोमा नेता खनालले आपत्ति जनाउनुभयो ।
सोही कार्यक्रममा नेकपा एमाले शहरी विकास विभागका सदस्य तथा एमाले जिल्ला सचिवालय सदस्य पुर्णलाल श्रेष्ठ, लिखु गाउंपालिकाका एमालेका अध्यक्ष उम्मेदवार प्रदीप पाठक सुमन, उपाध्यक्ष रोजिना राई तथा वडाध्यक्षका उम्मेदवारहरुले एमाले नीति र कार्यक्रमको कारण स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदाताले पहिलो राजनीतिक शक्तिको रुपमा स्थान दिने बताउनुभएको छ ।

लिभरपुलको सम्भावना

२२ पुस – लिग कप फुटबलको समेमिफाइनलमा पहिलो लेगमा लिभरपुल विजयी भएको छ । मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले स्टोक सिटीलाई १–० ले ...