दोलखाका मतदाता चढेको बस सिन्धुपाल्चोकमा दुर्घटना, २ को मृत्यु

२८ वैशाख, चौतारा । स्थानीय तहको चुनावका लागि मतदाता बोकेर दोलखातर्फ जाँदै गरेको बस विहीवार अपरान्ह सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा सडकबाट खसेको थियो ।

दुर्घटनामा दोलखा लामिडाँडा साविक वडा नम्बर ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले बताएका छन् दुर्घटनामा परि करीव डेढ दर्जन माओवादी कार्यकर्ता र समर्थक घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ

विजयी ¥यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोट, २५ मंसिर नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका ...