कांग्रेसलाई लक्षित गरी पोखरामा पेट्रोल बम प्रहार

२८ बैशाख, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मध्यभागमा पर्ने बिजयपुर खोलाको पुलमा बिहीबार दिउँसो अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको छ । कांग्रेसको चुनावी प्रचारका लागि पोखराबाट लेखनाथतर्फ गइरहेको बा ३ ख १४८३ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको हो ।

pokhara

अपराहृन करीब ३ बजे भएको घटनामा कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बम प्रहार भएपनि गाडी अगाडि बढिसकेकाले क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । घटनापश्चात प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ भने बम प्रहार गर्नेको खोजी तिव्र पारेको जनाएको छ ।

घटना विप्लव माओवादीले गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी अहिलेसम्म कोहि पनि पक्राउ नगरिएकाले यसै भन्न नसकिने डिएसपी खत्रीले बताए ।

थप घटना हुन नदिन कास्कीका सबै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उनले बताए ।

विजयपुर खोलाको पुलमा यसअघि पनि शंकास्पद बस्तु भेटिएको थियो ।

रेडियो लांगटांगद्वारा आधारभूत रेडियो पत्रकारीता तालिम सम्पन्न

पर्यटन विकास तथा सञ्चार केन्द्र धैबुङ्ग ५ कालिकास्थान रसुवाले प्रसारणमा ल्याउन लागेको रेडियो लाङटाङ ९० दशमलव ३ मेगाहर्जले आयोजना भएको आधारभुत रेडियो प्रत्रकारिता तालिम समापन ...