रसुवाको एक निर्वाचन केन्द्रमा महिला जनशक्ति मात्र

बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि रसुवाको एक निर्वाचन केन्द्रमा महिला जनशक्ति मात्र खटाइएको छ । गोसाईकुण्ड गाउँपालिका ६ स्थित रसुवा माबि धुन्चे मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्मका सबै महिला कर्मचारी खटाइएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनस्थल महिलामैत्री र नमुना केन्द्रका रूपमा स्थापित गर्नका लागि महिलाकै नेतृत्वमा निर्वाचन केन्द्र सञ्चालन गर्नका लागि महिला जनशक्ति मात्र खटाइएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले बताए । रसुवा माबि धुन्चे मतदान केन्दलाई महिलामैत्री र नमुना केन्द्र बनाउनका लागि महिला कर्मचारी मात्र खटाइएको छ । सोहि मतदान केन्द्रमा करिब ७ सय मतदाता रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्मा मतदान अधिकृत, जिल्ला नापि कार्यालय रसुवाका सर्बेक्षक अन्जु नेपाल सहायक मतदान अधिकृत रहेको सोहि केन्द्रमा २ जना सहायक कर्मचारी २ जना कार्यालय सहयोगी समेत महिला रहेका छन् । बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचन गराउनका लागि रसुवामा २ सय ५२ जनशक्ति परिचालन गरिएको छ ।

५ गाउँपालिका रहेको रसुवामा ३४ मतदान स्थल र ४२ मतदान केन्द्र रहेको छ । २७ हजार ८ सय ५४ जना मतदाता रहेको रसुवामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका लागि ५ सय १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम गठबन्धन:नेता नेपाल

काठमाडौँ, १३ मंसिर नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको बताउनुभएको छ । संयुक्त ...