जेठ ३१ को चुनाव सार्न राजपा नेपालको प्रस्ताव

३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नगरी दोस्रो चरणको चुनावमा नजान सरकारलाई दबाव दिएका छन् । संशोधनसहित आफ्ना माग पुरा गर्न समय लाग्छ भने जेठ ३१ को चुनाव सार्न सकिने राजपाका नेताहरुले बताएका छन् ।

राजपा नेपालका नेताहरुले बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुसँग छुट्टा छुट्टै वार्ता गरेका थिए । सिंहदरवारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँग छलफल गरेका राजपाका नेताहरु लगतै प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।

दुबै भेटमा राजपाका नेताहरले दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण नबनेको गुनासो गरेका छन् । राजपाका नेता राजेन्द्र महतोले अनलाइनखबरसँग भने, ‘दुबै भेटमा हामीले चुनावको वातावरण बनाउन ध्यानाकर्षण गराएका छौं । संविधान संशोधन भएको छैन, मुद्दा फिर्ता भएको छैन र चुनाव चिन्हको माग पनि संशोधन भएको छैन ।’

संविधान संशोधनसहितका माग पुरा नभए दोस्रो चरणको चुनावमा भाग नलिने राजपाको चेतावनी छ ।

उसले घुमाउरो भाषामा जेठ ३१ को चुनाव सार्न प्रस्ताव गरेको छ । राप्रपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले, ‘बरु समय लाग्छ भने लिनुस् तर, संशोधन नभई चुनाव हुन दिन्नौं ।’

Congress-and-Rajapa-Meeting

बैठकमा कांग्रेस नेताहरुले संविधान संशोधन लगायतका माग सम्बोधन गरी चुनावमा वातावरण बनाउने आश्वासन दिएका थिए ।

बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘संविधान संशोधन प्रस्तावलाई पनि टुंगो लगाउन हामी लाग्छौं । दुई तिहाई बहुमत पुर्‍याउन आवश्यक पार्टीहरुसँग छलफल गर्छौं । चुनाव चिन्ह दिने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने कुरा भएको छ ।’

तर, जेठ ३१ को दोस्रो चरणको चुनाव सार्ने राजपा नेपालको प्रस्ताव भने कांग्रेसले अस्वीकार गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले भने राजपालाई चुनावमा जाने वातावरण बनाउन पहल गर्ने बताएका छन् ।

टर्कीमा सत्तारुढ पार्टी विजयी

१६ कात्तिक– टर्कीमा सत्तारुढ जस्टिस एण्ड डेभलपमेन्ट पार्टी एकेपी संसदीय चुनावमा विजयी भएको छ । एकेपीले ४९ दशमलव ४ प्रतिशत मत पाएको छ । मुख्य ...