वीरेन्द्रनगर जित्दै कांग्रेसले पनि पूरा गर्‍यो शतक

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका जित्दै नेपाली कांग्रेसले पनि १०० स्थानीय तहमा जित हात पारेको छ ।

पहिलो चरणको चुनाव भएको २ सय ८३ मध्ये २ सय ५९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले १०० स्थानीय तह जितेको छ ।

उसले पछिल्लो पटक वीरेन्द्रनगर नगरपालिका जितेको छ । कांग्रेसका देवकुमार सुवेदी मेयरमा निर्वाचित भएका छन् ।

जेष्ठ नागरिकको भत्ता बढ्यो, औषधि खर्चसहित १ हजार पाउने

२९ असार- सरकारले जेष्ठ नागरिकहरुको भत्ता बढाएको छ । अर्थमन्त्री डा। रामशरण महतले बजेट भाषण गर्दै जेष्ठ नागरिकको भत्ता ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ ...