बिदुर नगरपालिका वडा नं. २ शेरा धर्मपानी बस्ने ४४ वर्षीय शम्भे मिजार मतृ अबस्थामा भेटिएका छन् । हिजोदेखि हराएका मिजारको खोजी गर्ने क्रममा स्थानीय बाहुनेडाडास्थित खोल्सामा आज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, विदुर नगरपालिका वडा नं. २ काफलडाँडास्थित भीरबाट लडेर सशस्त्र प्रहरीका प्राविधिक हवल्दार कमल बानियाँकोे शुक्रबार हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दोलखाको साविकको जुगु गाविस वडा नं. ३ घर भएर गुह्येश्वरी गण भक्तपुरमा कार्यरत ३४ वर्षका बानियाँको नुवाकोट दरबार क्षेत्रमा आएको बेलामा ८० फिट अग्लो भीरवाट लडेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले जानकारी दिनुभयो ।
गणबाट बिदामा सहकर्मी रामलाल श्रेष्ठको घरमा बिहीबार मात्र पुगेका बानियाँ फर्कने क्रममा काफलडाँडामा भीरबाट लडेर तल खोंचमा पुग्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।