यो के गरे नाजिर र आकाशले ?

युवा कलाकार नाजिर हुसेन र आकाश श्रेष्ठ घुम्टो ओडिरहेको तस्विर देखेर अचम्ममा पर्नुभएको होला तर अचम्म नपर्नुस् यो एक चलचित्रको दृश्य हो । नमन प्रोडक्सन प्रा.ली.को प्रस्तुतीमा बनेको चलचित्र ‘तिमी सँग’ को टिजर सार्वजनिक भएको छ ।

Najir-Hussen

१ मिनेट ३८ सेकेण्ड लामो टिजरमा नचिनेका तीन मानिषहरु यात्राको क्रममा एउटै गन्तब्यमा पुग्छन् र त्यहाँ उनीहरुबिच भएको मायाप्रेमको प्रसंगलाई चलचित्रका देखाउन खोजिएको छ । चलचित्रको टिजर हेर्दा यसलाई त्रिकोणात्मक प्रेमकथा भन्न सुहाउँछ भने करिश्मा मानन्धर र साम्राज्ञीको नृत्यको पनि केहि अंश देखाईएको थियो ।

भदौ ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई शिशिर एसजेबी राणाले निर्देशन गरेका हुन् । शुशिल क्षेत्रीको सिनेम्याटोग्राफी रहेको चलचित्रमार्फत सुनिल वि.कले चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । हेरौँ भिडियोः

बाबुरामका समर्थक एमाओवादीबाट अलग

१७ कात्तिक-बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरूले एमाओवादीबाट आफूहरू अलग भएको घोषणा गरेका छन। भट्टराई निवास सानेपामा सोमबार दिनभरको बैठकपछि उनीहरूले त्यस्तो घोषणा गरेका हुन्।उनीहरूले मंगलबार ...