केपी ओलीको गृहनगरमा ७ जनाको स्वतन्त्र उम्मेदवारी

केपी ओलीको गृह नगर झापाको दमकमा मेयर पदका लागि ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने उपमेयरमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मेयरमा स्वतन्त्र उम्मेदवारी दिनेहरुमा गोविन्दप्रसाद भट्टराई, अर्जुन बुढाथोकी, बीरसिंह धिमाल, ओमनाथ बस्नेत, देवीप्रसाद गौतम, मधु थापामगर र सुन्दर देवान रहेका छन् ।

त्यस्तै, उपमेयरमा स्वतन्त्रबाट प्रकाश नेपाल र भवानीप्रसाद मिश्रले मनोनयन दर्ता गराएका छन् ।

UML-Damak

यी हुन् मेयरका उम्मेदवार

दमकमा नेपाली कांग्रेसबाट ढुण्डिराज भण्डारी, नेकपा एमालेबाट रोमनाथ ओली, माओवादी केन्द्रबाट रेवतराज पुरी, राप्रपाबाट राम थापा, संघीय समाजवादी फोरम र नयाँ शक्तिबाट सतिष साह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीबाट देउकुमार लिम्बू, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कुमार भुजेल र विवेकशील नेपाली दलबाट सुवास सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

यी हुन् उपमेयरका उम्मेदवार

उपमेयरका पदका लागि कांग्रेसबाट रेगिना भट्टराई प्रसाई, एमालेबाट गीता अधिकारी, माओवादी केन्द्रबाट शान्ति धिमाल, राप्रपाबाट रिता श्रेष्ठ, समाजवादी फोरम र नयाँ शक्तिबाट गंगा सागर शेर्मा, संघीय लोकतान्त्रिक र जनमुक्ति पार्टीबाट सावित्रा गुरुङ र फोरम लोकतान्त्रिकबाट सुष्मी साहले मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा उत्साह

झापाका १५ वटै स्थानीय तहमा राजनीतिक दलले उत्साहजनक रुपमा मनोनयन गर्दा गराएका छन् । हरेक नगरपालिका र गाउँपालिकामा दलबलसहित उम्मेदवारहरु निर्वाचन कार्यालयमा पुगेका थिए ।

कनकाई नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले मनोनयन दर्ता गर्नु अघि उम्मेदवारी घोषणा गर्‍यो । उनीहरुले सुरुङ्गा चोकमा औपचारिक कार्यक्रमको आयोजना गरी शक्ति प्रर्दशनसहित उम्मेदवारी घोषणा गरे ।

झापाका विभिन्न स्थानीय तहमा मनोनय दर्ताको उत्साहपूर्ण देखिएको छ ।

भरतपुर प्रकरणमा सर्वोच्चको फैसला दुःखदः एमाले

प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गराउने सर्वोच्च अदालतको फैसला दुःखद भएको बताएको छ । एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले ...