रसुवामा युवालाई अनुशासित वनाउन सय दिनको जुनियर डिभिजन तालिम

रसुवामा रहेका युवालाई अनुशासित, बफादार, इमान्दार र जवाफदेहि वनाउनका लागि जुनियर डिभिजन तालिम सुरु भएको छ । राष्ट्रिय सेवा दलले आइतबारदेखि सुरु गरेको सय दिने तालिममा रसुवा माविका ३६ जना विद्यार्थी प्रवेश गरेका छन् ।

तस्विरः गुगलबाट

तस्विरः गुगलबाट

तीन महिने तालिममा रसुवा माविमा अध्ययनरत १८ जना केटा र १८ जना केटी गरी ३६ जना विद्यार्थी प्रवेश गरेका हुन् । तालिमले युवामा राष्ट्रिय एकताको भावनाको विकास गर्ने तथा विपद्को समयमा परिचालन गर्नका लागि स्वंयम सेवक उत्पादन हुने लक्ष्य राखिएको छ । पहिलो खण्डमा ७९ दिनको संस्थागत तालिम जिल्लामा सञ्चालन हुने र २१ दिनको वार्षिक सामुहिक क्याम्प पूर्वको मोरङ स्थित याङशिला, मध्यमा नवलपरासी स्थित हात्तीखोर र पश्चिममा बाँकेको कोहलपूरमा सञ्चालन हुने नारायण दल गण रसुवाले जनाएको छ ।

नारायणदल गण रसुवाका प्रमुख विक्रम गुरूङले तालिमको उद्धघाटन गर्नुभएको थियो ।

नेयमार उत्कृष्ट खेलाडी : रोनाल्डिन्हो

४ मंसिर- ब्राजिलका पूर्व प्लेमेकर रोनाल्डिन्होले नेयमार विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले नेयमारको फर्म मेस्सी र क्रिष्टियानो रोनाल्डोभन्दा राम्रो भएको संकेत गरेका ...