सामान थन्क्यो, बजार खै ?

नुवाकोट जिल्लामा साना उद्योगीले उत्पादन गरेका सामग्री विक्रीको लागि बजारको खोजी र आवश्यक व्यवस्थापनको विषयमा आज छलफल भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय नुवाकोटको आयोजना भएको बजार सम्वन्ध निर्माण र उत्पादन प्रवर्धनमा सहयोगी सम्वन्धी कार्यशालामा बोल्दै सहभागीहरुले नुवाकोटका उद्यमीहरुले उत्पादन गरेका सामाग्री विक्री नहुने, विक्री भएपनि कम मुल्यमा हुने, विचौलियका कारण कम मुल्यमा सामान बेच्नुपर्ने, लघु उद्यमीले उत्पादन गरेका कतिपय सामग्रीहरु माग भएको बेला उपलब्ध गराउन नसकिने जस्ता समस्या रहेको बताएका छन् । उत्पादित बस्तुलाई सहज रुपमा बजारसम्म पु¥याउनका लागि सरोकारवाला निकायको भूमिका महत्वपूर्ण रहने भएपनि समन्वयको अभाव रहेको सहभागीहरुको धारणा थियो ।

कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले साना उद्योगीको उत्पादनलाई प्रचार प्रचार र बजारीकरणका लागि हाटबजार सञ्चालनको तयारी भइरहेको बताउनुभयो । उहाँले साउन पहिलो सातादेखि नै हरेक तीन÷तीन महिनाको फरकमा कृषि उत्पादन, हस्तकलाका सामान, ढाका, फलफूल, तथा अन्य उत्पादित बस्तु विक्रीको लागि हाटबजार सञ्चालन गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख कमलराज गैरेले किसानमा व्यवसायिक सचेतना नहुदा समस्या भइरहेको बताउँदै आधुनिक र व्यवसायिक कृषिको विस्तार नभएकाले पनि किसानहरुको उत्पादनले सही मुल्य नपाएको बताउनुभयो ।

घरेलुतथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजयनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ नुवाकोटका अध्यक्ष सीताराम अर्याल, जिल्ला लघु उद्यमी संघ घरेलु नुवाकोटका अध्यक्ष गीता थापा, नुवाकोट उद्योग वाणिज्य संघका प्रवक्ता सन्तोष उप्रेतीलगायतले उत्पादनकर्ता, बजारसम्म पु¥याउने समन्वयकर्ता र व्यापारीवीच समन्वय गरेर अघि बढ्न सकेमा नुवाकोटको उत्पादनले बजार पाउने धारणा राखेका थिए ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तबाट निर्वाचनको प्रत्यक्ष निगरानी

काठमाडौँ मंसिर,१० मुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष ...