माग्ने बुढाले खोले ‘छक्कापन्जा २’ को सस्पेन्स

नेपाली कलाकारिता र हाँस्यब्यङ्ग्यको क्षेत्रमा केदार घिमिरे ‘माग्ने बुढा’ चर्चित नाम हो । २०३२ सालमा मकवानपुरमा जन्मेका केदारले २०५० सालमा एसएलसी पास गरेका थिए । एसएलसीपछि कलेज पढ्न काठमाडौं आउने क्रममा उनले कलंकीमा क्यासेट पसल सञ्चालन गरेका थिए । २०५८ सालमा रेडियो एचबीसीबाट उनको कलायात्रा सुरु भएको थियो । सन्तोष पन्त निर्देशित ‘हिजो आजको कुरा’बाट अभिनय सुरु गरेका केदार ‘मेरी बास्सै’वाट अत्याधिक चर्चामा आएका थिए ।

केहि बर्षदेखी हाँस्यकलाकारहरुले निर्माण गरिरहेको चलचित्रहरुमा निरन्तर अभिनय र लगानी गरिरहेका केदारले चलचित्र ‘दौड’ मार्फत २०६४ सालमा चलचित्र क्षेत्रमामा डेब्यु गरेका हुन् जहाँ उनी एक पुलिस अफिसरको भुमिकामा देखिएका छन् । त्यसपछि उनले अरु ब्यानरको कुनैपनि चलचित्रमा काम गरेनन् किनकी उनी आफ्नो हाँस्य टेलिचलचित्र ‘मेरी बास्सै’ मा नै ब्यस्त थिए ।

२०७२ को वैशाखमा आएको भुकम्पछि उनी लगायत नेपाल टेलिभिजनबाट आउने चर्चित कलाकाहरुको हाँस्यटेलिचलचित्र बन्द भयो । टेलिभिजनमा कार्यक्रम आईराख्दा पनि चलचित्र ‘६ एकान ६’ मा लगानी र अभिनय दुवै गरेका केदार टेलिभिजनको कार्यक्रम बन्द भएपछि स्टेज कार्यक्रम, चलचित्र निर्माण र अभिनयमै ब्यस्त भएका थिए । हाँस्यकलाकारहरुका टीमले निर्माण गरेको चलचित्रहरु ‘६ एकान ६’, ‘वडा नंवर ६’ र ‘छक्का पन्जा’ मा अभिनय र लगानी दुवै गरिसकेका कलाकार केदार घिमिरे अव चौथो प्रोजेक्ट ‘छक्का पन्जा २’ मा पनि उत्तिकै सक्रिय भएर लागिरहेका छन् ।

Magne-Buda-Cover

सर्वाधिक सफल बनेको चलचित्र ‘छक्का पञ्जा’ सुटिङको समयमा बिरामी परेका उनी अहिले भने ठिक छन् यद्यपी औषधी भने नियमित सेवन गर्नुपर्ने हुन्छ । सो समयमा बिरामी भएका केदारले डाक्टरकै सिफरिसमा १५ घण्टासम्म सुताउने औषधी सेवन अहिले पनि सेवन गरिरहेका छन् । केदार पछिल्लो समय चलचित्र ‘छक्का पन्जा २’ को सुटिङ सकेर प्रोस्ट प्रोडक्सनको काममा व्यस्त छन् । सुटिङको क्रममा पनि औषधी सेवन नगर्नाले स्वास्थमा असर गरेको र पहिला जस्तै पेटमा समस्या आएको उनले बताए ।

चलचित्रमा स्वस्तिमा खड्कासँगै आयुश्मानको पनि अभिनय रहेको कुरा केदारले खुलाएका छन् । यो भन्दा अघि चलचित्रमा आयुश्मानको पनि अभिनय भएको कुरा कतैपनि बाहिर आएको थिएन । यद्यपी उनले आयुश्मान मात्र भनेका छन् थर भने भनेका छैनन् । तर उनको कुरालाई अड्कल काट्ने र आफुभन्द निकै अग्लो भनेको हिसावले आयुश्मान देशराज जोशी नै हुनुपर्ने सबैको अनुमान छ । केदार घिमिरेले चलचित्रमा आफ्नो श्रीमतीको पनि सानो भुमिका रहेको स्पस्ट पारे तर उनले सो भुमिकाको बारेमा भन्न नमिल्ने बताए ।

चलचित्र ‘चपली हाईट २’ मार्फत नेपाली चलचित्र उद्योगमा डेब्यु गरेका कलाकार हुन् आयुश्मान देशराज जोशी । पछिल्लो समय उनी नायिका प्रियंका कार्कीसँगको प्रेमसम्बन्धले पनि चर्चामा छन् । केहिदिन अघि भएको एक अवार्ड कार्यक्रममा प्रियंकालाई लिपकिसको बिषयलाई लिएर त झनै चर्चामा आएका थिए ।

चलचित्र ‘छक्का पन्जा २’ सँगै उनी कान्तिपुर टेलिभिजनमा प्रसारण हुने हाँस्यटेलिश्रृंखला ‘खास खुस’ पनि निर्माण गरिरहेका छन् । उनी हाँस्यकलाकार, निर्मातासँगै गायकको पनि परिचय बनाईसकेका छन् । उनले देशको पछिल्लो स्थिती र भ्रष्टाचारको बिषयलाई समेटेर गाएको गीत ‘प्रजातन्त्र लोकतन्त्र’ पनि युट्युबमा हिट छ । उनको स्वरमा रहेको गीतलाई युट्युबमा १४ लाख ९८ हजारभन्दा बढि पटक हेरिसकिएको छ ।

मोर्चाका दुई नेता दिल्ली जाँदै

१९ मंसिर-संयुक्त लोकलान्त्रीक मधेसी मोर्चा सम्बद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव शनिबार बेलुका भारतको पटना हुँदै ...