आफुखुसी घर बनाउँदा दोश्रो किस्ता बितरणमा समस्या

भुकम्प पछीको पुनःनिर्माणमा नागरिकहरुले आफुखुसि संरचना निर्माण गरेका कारण अनुदान रकमको थप किस्ता बितरणमा कठिनाई भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला सम्पर्क कार्यालय नुवाकोटले जनाएको छ ।

पुनःनिर्माण प्राधिकरण मार्फत प्रत्यक गाँउमा खटिएका प्राबिधिकहरुको कमि भएका कारण सबै नागरिकह्रुले निर्माण गरेका संरचना मापदण्ड अनुसार नभएको प्राधिकरण सम्पर्क कार्यालय नुवाकोटका निमित्त प्रमुख बेद प्रसाद गौडेलले बताउनु भयो । साथै भुकम्प पछी गाँउमा खटिएका प्राबिधिकहरुको समन्वय बिना निर्माण भएका संरचनाहरुको अनुगमन गर्नको लागी नुवाकोटमा ४ जना संरचनागत प्राबिधिकहरु खटिएको बताउनु भयो । उनिहरुले गाँमा मापदण्ड भन्दा बाहिर रहेका संरचनाहरुको अनुगमन गरि सिफरिस गर्ने छन् । मापदण्ड भन्दा बाहिर रहेका संरचनाहरु पनी भुकम्प प्रतिरोधि हुन सक्ने भएकाले निर्माण सम्पन्न भएका संरचनाहरुको अनुगमन सुरु भएको कार्यालयका निमित्त प्रमुख गौडेलले बताउनु भयो ।

reconstruction

भुकम्प पछीको पुनःनिर्माण नागरिकहरुले अजुदान रकमको पहिलो किस्ता लिएता पनी संरचना निर्माण कार्यमा भने आलजटाल गरि रहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका निमित्त प्रमुख बेदप्रसाद गौडेलले भूकम्प पीडितहरुले घर बनाउन अल्छी गरेको बताउनुभयो । भुकम्पका कारण एकै पटक सबै संरचनाहरुमा क्षती पुगेकाले सिमित मात्रामा रहेका कामदारहरुको अभाबका कारण संरचना निर्माणमा सुस्तता भएको बताउनु भयो ।

यस्तै, निर्माण सामग्रीको सहज पहुच नभएको र केही पीडितहरुले टहराकै जिन्दगी चलिरहेको छ भन्दै घर बनाउन आलटाल गरि रहेका छन् । पहिलो किस्ता बुझेकाहरु मध्ये १२ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेका छन् । प्राधिकरण जिल्ला सम्पर्क कार्यालय नुवाकोटमा निमित्त प्रमुख गौडेलका अनुसार भुकम्प पिडितहरु संरचना निर्माण गर्नमा उत्शाहित नभएको, सरकारी कमजोरी, र प्राबिधिकहरुले समेत काम तिब्र रुपमा अगाडी नबढाएको बताउनु भयो ।

नुवाकोटमा ६२ हजार ४६ जनाले पहिलो किस्ता वापतको ५० हजार रुपैया बुझि सकेका छन् । तर, दोस्रो किस्ता भने ५ हजार ५ सय १८ जनाले मात्र बुझेका छन् । गाउँमा खटिएका इन्जिनियरहरुको भूमिका प्रभावकारी नभएको, दोस्रो किस्ताको रकम लिने प्रक्रिया झंझटिलो भएको, दक्ष कामदारको अभाव जस्ता कारणहरुले घर निर्माणले गति लिन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

आज नागपञ्चमी, घरका मूलढोकामा नागको चित्र टाँसी मनाइँदै

२३ साउन, काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको ...