अपांगहरुको स्तरवृद्धिका लागि सहायक सामग्री र आर्थिक सहयोग बितरण

नुवाकोटमा रहेका अपांगहरुको स्तरवृद्धिका लागि सहायक सामग्री प्रदान गरिनुका साथै व्यवसाय सन्चालनका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । महिला तथा बाल वालिका कार्यालय तथा उद्यमशिल तथा सीप विकास अपांग संघको संयुक्त आयोजनामा सोवार विदुरमा आयोजत कार्यक्रममा आठ जनालाई सहायक सामग्री र चार जनालाई व्यवसाय सन्चालन गर्न सात/सात हजार रुपैया विउ पुंजीको रुपमा आर्थिक सहयोग प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष आइतसिह तामाङले जानकारी दिनुभयो ।

समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत स्थानीय तहमा अपांगता भएका व्यक्तिहरूका लागि चार थान वैशाखी, तीन थान छडि र एक थान सेतो छडी वितरण गरिएको हो । सरिता तामाङ, शेरजोम तामाङ, आइतीमाया तामाङ र सोममाया तामाङलाई विउ पुंजीको रुपमा नगद जनही सात÷सात हजार रुपैया वितरण गरिएको हो ।

सोही अवसरमा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत स्थानीय तहमा अपांगता भएका व्यक्तिहरूका सवाल सम्वन्धि अन्तरकृयासमेत गरिएको छ । महिला तथा बालबालिका कार्यालय नुवाकोटका प्रमुख भुला भण्डारीले यातायात साधनले अपांगता भएका व्यक्तिको लागि सरकारले ५० प्रतिशत भाडा दर छुट दिने भने पनि नदिने गरेको, अंश दिनुपर्ने डरले अपांग बालबालिकाको अभिभावकले नागरिकता नबनाई दिने गरेकाले राज्यकोषबाट प्राप्त अधिकारबाट बन्चित हुनु परेको वताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य यमकुमार खातीले राज्यकोषबाट अपांगलाई छुट्याइएको बजेट अपांगको क्षेत्रमा खर्च गर्न आफ्नो पार्टीबाट निर्र्वािर्चत जन प्रतिनिधिलाई निर्देशन गरेका वताउनुभयोे । जिल्ला शिक्षा कार्यालय नुवाकोटका लेखा संयोजक राजु श्रेष्ठले आफ्नो कार्यालयबाट दृष्टिविहीन र शारिरीक रूपमा अपांग भएका व्यक्तिलाई चालु वर्षमा एकसय आठजना लाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो ।

रसुवाका होमस्टे पुनः सञ्चालनमा

रसुवा जिल्लाको उत्तरी क्षेत्रमा पर्यटकका लागि खोलिएको घरबास (होमस्टे) पुनः सञ्चालनमा आएको छ । बृद्धिम होमस्टे व्यवस्थापन समितिका अध्यक्ष ङ्वाङ तामाङका अनुसार २०७२ सालको भूकम्पले ...