नेपाल–चीन प्रवेशको लागि हाल सन्चालनमा रहेको एकमात्र रसुवागढी नाकावाट चीन प्रवेशका लागि प्रक्रिया सुरु गरिएको मल्ट्री इन्ट्री भिसा अन्यौलमा परेको छ । नेपाल र चीनवीचको भीषा प्रक्रियाका विवादका कारण ११ महिनादेखि सो प्रक्रिया अगाडि वढ्न सकेको छैन् ।
११ महिना वित्दा समेत प्राप्त हुन नसकेपछि सरोकारवामला चिन्तित भएका छन् । आवेदन दिएको झण्डै एक वर्ष पुग्न लाग्दासमेत कसैले पनि सो भिषा प्राप्त गर्न नसकेको जिल्ला प्रशसन कार्यालय रसुवाले जनाएको छ ।
त्यसको फाइल हाल परराष्ट्र मन्त्रालयमा थन्किएर वसेको छ । सो भिसाका लागि रसुवा प्रशासनले दुई सय ४१ थान आवेदन दर्ता गरि भिसाको लागि गत वर्षको भदौमा सिफारिससहित गृह मन्त्रालय पठाएको थियो । सो प्रक्रिया हालसम्म नटुंगिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले वताउनुभयो ।
ट्रक, कन्टेनर, उद्योगी व्यवसायी गरि दुई सय ४१ थान आवेदन दर्ता गरि भिसाको लागि गृहमन्त्रालय पठाइएकोमा गृह र परराष्ट्र मन्त्रालयको प्रक्रिया पुरा गरेर हाल सो फाइल सवै परराष्ट्र मन्त्रालयमा थन्किएको प्रजिअ न्यौपानेले वताउनुभयो । परराष्ट्र मन्त्रालयमार्फत चीनको अध्यागमन पुगेपछि मात्र सो भिसाको प्रक्रिया सुरु हुनेमा हाल नेपाल र चीनीया अधिकारीवीचकै विवादका कारण प्रक्रिया रोकिएको जनाइएको छ ।
चीनको सिमा भीषा अधिकारी र नेपाली सुरक्षा अधिकारीवीच पटक÷पटक मल्ट्री इन्ट्री भीषाका सम्वन्धमा छलफल भएपनि प्रक्रिया अगाडि वढ्न नसकेको जिल्ला प्रसासन कार्यालय रसुवाले जनाएको छ । चीनले भीषा नै हुनु पर्ने जोड दिदै आएको छ भने नेपाली अधिकारीले भीषा भन्दा प्रवेश अनुमति पासको व्यवस्था हुनु पर्ने अडान राख्दै आएको प्रजिअ न्यौपानेले वताउनुभयो ।
परराष्ट्र मन्त्रालयले कुटनीतिक रुपमा चीनसंग छलफल गरिरहेको जनाएको छ । भीषा आएपछि रसुवागढी नाकावाट आवतजावतमा सहजता हुने स्थानीयले वताएका छन् । रसुवा प्रशासनले तीनसय जनाका लागि सो भिसा आवश्यक रहेको दावी गरिरहेको छ ।
सो भिषा प्राप्त गरिसकेपछि रसुवागढी नाकावाट व्यापारिक प्रयोजनका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालकहरु केरुङसम्म आवतजावत गर्न पाउने छन् । यसअघि नै भिसाको लागि गत असोज महिनासम्मको समय लाग्ने जानकारी आएपनि हाल ११ महिना वित्दासमेत कुनै टुंगो नलागेको रसुवा उद्योग वाणिज्य संघले जनाएको छ ।
नेपाल सरकारले तत्काल तदारुकता देखाएर भिसाको प्रक्रिया सुचारु गर्नु पर्ने रसुवाको गोसाइकुण्ड गाउंपालिकाका अध्यक्ष कैसाङनुर्वु तामाङले वताउनुभयो । भिसा प्राप्त गरेको भए सामान आयात गर्न सजिलो हुने उहाको भनाई छ ।
रसुवा प्रशासनवाट सो भिषाका लागि सिफारिस भएकामा एकसय २२ थान आवेदन चालकको र एकसय १९ थान यातायात तथा उद्योगी व्यवसायीको रहेको छ । फार्म रायसुझावसहित गृहमन्त्रालयमा आवेदन पठाइएको हो । तर, भिसा कहिले पाइने हो ठेगान छैन–अर्का व्यापारी मानवहादुर तामाङले वताउनुभयो ।
