खोटाङको ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

खोटाङको एेंसेलुखर्क गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष निर्वाचित कांग्रेसका विश्वनाथ निरौलाले २ हजार १ सय ३१ मत प्राप्त गरेका छन् भने निकटतम पतिद्वन्द्वी एमालेका गृहबहादुर राईलाई १ हजार ७ सय ३५ मत प्राप्त भएको छ ।

resize_image

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित एमालेकी पुष्पकला भुजेलले १ हजार ८ सय ९९ मत प्राप्त गरेकी छन् । पराजित उम्मेदवार कांग्रेसकी शान्तिदेवी राईको १ हजा ८ सय ५६ मत छ । खोटाङका १० स्थानीय तहमध्ये हालसम्म २ गाउँपालिकाको गणना सकिँदा कांग्रेस र एमालेले १/१ तह जितेका छन् ।

चुल्होमा ग्यास : ओली

२४ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका घर घरमा पाइपलाइनद्वार ग्यास पुर्‍याउने असम्भव आश्वासन दिनुभएको छ । नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको ...