तरकारी खेती सम्बन्धी २ दिने तालिम सम्पन्न

सामूदायिक विकास केन्द्र, नेपालद्धारा आयोजनामा यू. एस. ए. आई. डी. को आर्थिक सहयोगमा सञ्चालित सबल कार्यक्रम अन्तर्गत अगुवा कृषकहरुका लागि प्लाष्टिक टनेलमा तरकारी खेती सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

साविकको ककनी, रातमाटे, थानसिंह, जिलिङ, र बुङताङ गा. वि. स. हरुमा सञ्चालन भएको उक्त तालिममा १०० जना सहभागिहरु थिए । सबल क्लष्टर अफिस, नुवाकोटका कृषि तथा पशु विकास कार्यक्रम संयोजक भोगेन्द्र कुमार खत्री, सामूदायिक विकास केन्द्र नेपालका कृषि तथा पशु विकास अधिकृत सुवेश ढकाल, वरिष्ठ कृषि प्रविधिक भुवन चापागाई, कृषि प्रविधिकहरु बिकेश थापा, केशव भेटुवाल र मेलिना तिमिल्सिनाले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

plastik-tunnel

सहभागिहरुलाई टनेल निर्माण, विरुवा लगाउने तरिका, काटछाँट, रोगकिरा, एकिकृत शत्रुजिव व्यवस्थापन जस्ता विषयहरु सिकाइएको थियो । तालिममा सहभागिहरुलाई नर्सरी स्थापना गर्नको लागि टनेल निर्माणको लागि एउटा टनेलको लागि आवस्यक पर्ने सिलपोलिन प्लाष्टिक वितरण गरिएको थियो । तालिमको समापन कार्यक्रममा सामूदायिक विकास केन्द्र नेपालको अध्यक्ष नारायण नेपाल, कार्यकारी निर्देशक विष्णुराज नेपाल, उपाध्यक्ष नमराज सुवेदी, सबल कार्यक्रमको कार्यक्रम संयोजक शैलेश आचार्य र तथ्याङ्क व्यवस्थापन अधिकृत रामचन्द्र भण्डारीले सामूदायिक विकास केन्द्र नेपालले कार्यक्रम सञ्चालन भएको साविकको गा. वि. स. हरुमा कृषकहरुको जिविकोपार्जनमा तथा विपद् जोखिम न्यूनिकरणमा खेलेको भुमिकाबारेमा जानकारी दिनुभएको थियो ।

समापनमा कार्यक्रममा उल्लेखित कर्मचारी तथा पदाधिकारीहरुले तालिममा सहभागिहरुले वितरित सामग्रीहरुको सदुपयोग गर्नुपर्ने र तालिममा सिकेका ज्ञानलाई व्यवहारमा प्रयोग गर्नुपर्ने कुरा बताएका थिए । तालिममा सहभागिहरुले सबल कार्यक्रमले आधुनिक कृषि तथा पशुपालन र पिपद् व्यवस्थापनमा गरिब र कमजोर वर्गलाई गरेको सहयोगको प्रशंशा गरेका थिए । उनीहरुले आधुनीक खेती, कृषि उपजको भण्डारण र बजारीकरण गर्न सहयोग गर्ने किसिमको कार्यक्रमकहरु सञ्चालन गर्नको लागि सामूदायिक विकास केन्द्र नेपालका कर्मचारीहरु तथा पदाधिकारीहरुसंग अनुरोध गरेका थिए ।

संसदभित्रै किन थुके मन्त्री केसीले ? यस्तो छ उनको प्रतिक्रिया

१९ पौष, काठमाण्डौँ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले सोमबार आफूले संसदभित्रै सूर्ति थुकेको बारेमा प्रतिक्रिया दिनुभएको छ । उहाँले गएको केही दिनदेखिनै आफू अस्वस्थ ...