रसुवाका होमस्टे पुनः सञ्चालनमा

रसुवा जिल्लाको उत्तरी क्षेत्रमा पर्यटकका लागि खोलिएको घरबास (होमस्टे) पुनः सञ्चालनमा आएको छ । बृद्धिम होमस्टे व्यवस्थापन समितिका अध्यक्ष ङ्वाङ तामाङका अनुसार २०७२ सालको भूकम्पले क्षति पु¥याएको उक्त होमस्टे पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

langtang-trek

लाङ्टाङ हिमालको काखमा अवस्थित बृद्धिम होमस्टेमा अग्र्यानिक खाना र गुणस्तरीय बासको व्यवस्था मिलाइएको छ । पर्यटकबाट प्राप्त आम्दानीले स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यका साथ ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआरपिएपी)को सहयोगमा सो होमस्टे सञ्चालनमा ल्याइएको हो ।यहाँ २२ वटा होमस्टे पुनःनिर्माण गरी एक सयजना पाहुनालाई एकसाथ राख्न सक्ने क्षमताको संरचना तयार पारिएको छ । तीनवटा होमस्टे पुनःनिर्माण भइरहेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । स्याफ्रुबेँसीबाट तीन घन्टा उकालो चढेर पुग्न सकिने उक्त होमस्टेमा स्थानीय करु, मकैको पिठोको ढिँडो, ताजा तरकारी र अन्डा, लोकल खुकुराको स्वाद लिन सकिन्छ ।

शीर्ष नेताको, कोसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौं, कात्तिक १७ – प्रमुख राजनीतिक दलदेखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले ...