धनकुटाका माओवादी इञ्चार्ज भण्डारीले राजीनामा दिए

जिल्लाको स्थानीय तहमा एमालेले क्लिन स्वीप गरेपछि माओवादी केन्द्रका धनकुटा इञ्चार्जले राजीनामा दिएका छन् । जिल्लाको चुनावी परिणाम पार्टीको पक्षमा नअाएपछि माओवादीका धनकुटा इञ्चार्ज हेमराज भण्डारीले पदबाट राजीनामा दिएका हुन् । उनी पूर्व सभासद तथा माओवादीका केन्द्रीय सदस्य समेत हुन् ।

hemraj-bhandari

धनकुटाको सात वटै स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुख जित्दै क्लिन स्वीप गरेको छ । एमालेले जिल्लाका ६० मध्ये ४२ वडामा जित हासिल गरेको छ । धनकुटाका स्थानीय तहमा माओवादी एक्लै भिडेको थियो भने कांग्रेसले राप्रपा र संघीय समाजवादी फोरमसँग गठबन्धन गरे पनि कमजोर देखियो

मौसम बदलीका कारण आज रसुवा र नुवाकोट लगाएतका जिल्लामा हल्का पानी पर्यो

रसुवा मंसिर २०, मौसम बदलीका कारण आज विहान नुवाकोट रसुवा र धादिङ लगाएतका जिल्लामा हल्का पानी परेको छ भने मनाङ लगायतका हिमाली जिल्लामा भने हिमपात ...