झापाको कनकाईमा एमालेका राजेन्द्र पोखरेल विजयी

झापाको  कनकाई नगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । यो नगरमा एमालेका मेयर पदका उमेद्वार राजेन्द्र पोखरेलले ६१९७ मत ल्याएर विजयी बने ।

rajendra-pokhrel

त्यस्तै उपमेयर मन्जु प्रसाईले ८५७६ मत पाएर विजयी बनेकी हुन् । कनकार्इ नगरमा पोखरेलले नेपाली काँग्रेसमा मेयर पदका उमेद्बार एकराज उप्रेतीलार्इ पराजित गरेका हुन् भने एमालेकी उपमेयर पदकी उमेद्वारले काँग्रेसकी कविता घिमिरेलाई पराजित गरेकी हुन् ।

झापामा राप्रपाले कचनकबलमा अध्यक्ष,उपाध्यक्ष र हल्दिबारी अध्यक्षमा गरी २ स्थानमा विजय हासिल गरिसकेको छ भने एमालेले पहिलो जीत हासिल गरेको छ ।

दिल्ली डेयरडेभिल्स किंग्स इलेभन पञ्जाबसँग ४ रनले पराजित

आइपीएल  क्रिकेटमा गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्स किंग्स इलेभन पञ्जाबसँग ४ रनले पराजित भएको छ। दिल्लीको फिरोज शाह कोटला मैदानमा भएको खेलमा टस हारेर व्याटिङ ...