किन भयो पल पुजामा ठुस्का–ठुस्की ? (भिडियो)

असार ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को तश्रो गीतको भिडियो सार्वजनिक भएको छ । ‘म यस्तो गीत गाउँछु’ बोलको शिर्ष गीतमा पल र पुजालाई नै फिचरिङ गरिएको छ । उनीहरु दुवैलाई गीतको भिडियोमा निराश मुद्रामा देखिएको छ ।

paul-pooja111

प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा देखिएका निकै मनमोहक र लोभलाग्दो दृश्यहरु संजय लामाले खिचेका हुन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् भने गीतको शब्द दिग्गज धौरलीले लेखेका हुन् ।

सुदर्शन थापा प्रोडक्सननको प्रस्तुतीमा बनेको फिल्ममा स्वयं निर्देश सुदर्शन थापा र नायिका पुजा शर्माको लगानी रहेको छ । चलचित्रमा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेरौँ भिडियोः

माधव नेपालको गृह जिल्ला रौतहटमा एमाले शून्य हुने पक्का

स्थानीय तहको चुनावमा नेकपा एमालेले रौतहटबाट एउटा पनि तहमा प्रमुख पद नजित्ने पक्का भएको छ । पार्टी वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला समेत रहेका यहाँ ...