प्रधानमन्त्री देउवाको भारत भ्रमण ‘छिट्टै’, मिति तय गर्ने जिम्मा राजदूतलाई

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति छिट्टै टुंगो लाग्ने बताएका छन् । उनका अनुसार भ्रमणको मिति तय गर्ने जिम्मा दुबै देशका राजदूतहरुलाई दिइएको छ ।

हालै भारतको भ्रमण गरी स्वदेश फर्किएका मन्त्री महराले बुधबारको संसद बैठकमा भारतमा भएका छलफलबारे जानकारी गराएका थिए ।

महराले भने, ‘भारतले भ्रमणको निमित्त तयारी गर्ने र दुबै देशका राजदूतस्तरमा छलफल गरेर मिति तय गर्ने कुरा भएको छ ।’

उनले भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको जानकारी दिए । परराष्ट्रमन्त्री महराले स्थानीय तह दोस्रो चरणको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गरेकोमा भारतले नेपाल सरकारलाई बधाई दिएको जानकारी पनि दिए ।

भारतले नेपालमा संचालन गरेका परियोजनाहरु छिटो सम्पन्न गरिसक्ने प्रतिवद्धता समेत जनाएको पनि संसदलाई जानकारी गराए । भारतमा लागू गरिएको नयाँ कर नीतिले नेपालमा परेको समस्या समाधान गर्न सचिवस्तरीय बैठक बस्ने सहमति भएको जानकारी पनि दिए ।

Nepal-Budget-2074-75-Krishna-Bahadur-Mahara

भारतले एक साता अघि लागू गरेको नयाँ कर नीतिका कारण नेपाली मालबाहक कन्टेनरहरु सिमावर्ती क्षेत्रमा रोकिएका छन् भने राजस्व असुलीमा समेत समस्या देखिएको छ ।

साथै नेपालका ग्यास बुलेटहरु भारतीय पक्षले रोकेको बारे र भारु नोट सटहीको समस्याबारे आफूले ध्यानाकर्षण गराएको र समस्या समाधानको आश्वासन पाएको महराले बताए ।

परराष्ट्रमन्त्री महराले आगामी अगष्टमा हुने विमस्टेक बैठकमा भाग लिन भारतीय विदेश मन्त्री स्वराज नेपाल आउने जानकारी पनि दिए । विमेस्टक बैठक आगामी अगष्ट १० र ११ मा नेपालमा हुँदैछ ।

भारत बसाइको क्रममा महराले भारतमै रहेर नेपाल हेर्ने बिभिन्न ५० देशका राजदूत रहेका र उनीहरुमध्ये करिब ३७ जनासँगको भेटमा आफूले नेपालको समसामयीक राजनीतिक परिस्थितिबारे जानकारी गराएको महराले बताए ।

परराष्ट्रमन्त्री महरा भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा गत आइतबार भारत भम्रणमा गएका थिए ।

बाढी पिडितको सहयोगमा ‘२ रुपैँया’ र ‘ई–सेवा’, जम्मा भयो यति रकम

अहिले तराईका अधिकांश भागहरु बाढीको चपेटामा रहेको छ । पूर्वी तथा मध्य तराईका जिल्लाहरुमा गत शुक्रबार बिहानदेखी परेको अबिरल बर्षाका कारण बाढीको असर झन् झन् ...