देउवाको प्रश्न-यति धेरै टेलिभिजन र पत्रपत्रिका कसरी चलेका छन् ?

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा विश्वमै नभएको प्रेस स्वतन्त्र संविधानलेनै ग्यारेन्टी गरेको भन्दै पत्रकारलाई जिम्मेवार र मर्यादित हुन आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टद्वारा लिखित नेपालमा प्रेस स्वतन्त्रताको अवस्था नामक पुस्तकको बिहीबार काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले स्वतन्त्र प्रेस जिम्मेवार हुनुपर्ने बताए ।

deuba

उनले युरोप अमेरिकामा नभएको प्रेस स्वतन्त्रता नेपालमा रहेको बताए । भारत,अमेरिकामा भन्दा बढी पत्रपत्रिका र टेलिभिजन नेपालमा रहेको भन्दै देउवाले ती कसरी चलिरहेका छन् भन्ने प्रश्न पनि उठाए । देउवाले भने-‘नेपालमा जति टेलिभिजन च्यानल भारतमा पनि छैनन् । नेपालमा जति पत्रपत्रिका भारत र अमेरिकामा पनि छैनन् । नेपालमा ठूला उद्योगधन्दा पनि छैनन्,कसरी चलिहेका छन् ?’

देउवाले आफू प्रेस स्वतन्त्रताको हिमायती भएकाले जिम्मेवार प्रेसको अपेक्षा गरेको बताए । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालको पत्रकारिता बिस्तारै कर्पोरेट हाउसको नियन्त्रणमा गइरहेको भन्दै पत्रकारको सुरक्षमाथि प्रश्न उठाए । उनले पत्रकार पनि जिम्मेवार र मर्यादित हुनुपर्ने बताए । विष्टले नेपालमा प्रेस स्वतन्त्रको अवस्थाबारे अनुसन्धान गरेर निकालेको सो पुस्तकमाथि प्राध्यापक पि खरेलले टिप्पणी गर्दै पुस्तक भविष्यमा सन्दर्भ सामग्रीका रुपमा महत्वपूर्ण हुने बताए ।

नुवाकोटका अण्डा उत्पादक किसानहरु एकजुट

नुवाकोट पुस ३, नुवाकोटमा कुखुराको अण्डा उत्पादन गर्दै आएका किसानहरु संगठित भएका छन् । अण्डा उत्पादक किसानहरुको भेलाले रमेश चित्रकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको ...