‘मन्दिरको देउता’ पुकार्दै हेमन्त शर्मा

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक हुन् हेमन्त शर्मा । हेमन्त मिठो बोली र सुन्दर ब्यक्तित्वका धनी हेमन्त दर्शकश्रोताहरुको रुचाईएका गायकमध्ये एक हुन् । उनै गायक हेमत शर्माको नयाँ गीत ‘ए मन्दिरको देउता’ सार्वजनिक भएको छ । आफ्नै स्वर, शब्द तथा संगीतमा रहेको गीतको भिडियोलाई समेत स्वयं उनैले निर्देशन गरेका छन् ।

hemanta-sharma-mandirka-deuta

यस्तै गीतको शब्द पनि निकै मनछुने छ । संगीत पक्षमा पनि शर्माले निकै मेहनत गरको गीत सुन्दा स्पस्टै अनुभव गर्न सकिन्छ । गीतको बिचबिचमा आउने सनाईको धुनले कताकता भावुक बनाईदिन्छ ।

गीतको भिडियोमा निर्देशक शर्माले प्रेममा जातपातले पार्ने प्रभावलाई दर्साउन खोजेका छन् । हेमन्तको निर्देशकिय मेहनतलाई धिरज जंग शाहले कैद गरेका छन् भने त्यसलाई सजाउने काम प्रकाश तुलाधरले गरेका छन् । हेरौँ भिडियोः

सङ्क्रान्तिमा गोरु जुधाई हुने

२७ पुस – नुवाकोटको पहिचानका रुपमा स्थापित हुँदै गएको गोरु जुधाई यस पटक पनि आगामी माघ १ गते आयोजना गरिने भएको छ । प्रत्येक वर्षको ...