शंखादेवी मा.वि.का विद्यार्थीलाई ४० हजार रुपैयाँ छात्रवृत्ति

नुवाकोटको तारकेश्वर गाउँपालिकास्थित शंखादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई ४० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ । नेशलन भोलेन्टियरबाट सद्भाव छात्रवृत्ति कार्यक्रम अन्र्तगत शंकादेवी माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा विमला तामाङलाई ४० हजार पाँच सय ५३ रुपैयाँ छात्रवृीत्र रकम प्रदान गरिएको हो ।

नेशनल भोलेन्टियर नुवाकोटका संयोजक राजकुमार भट्टराईले आज विदुरमा आयोजित एक कार्यक्रममा शंकादेवी माविका प्रधानाध्यापकसहित छात्रा विमलालाई सो रकम हस्तान्तरण गर्नुभएको हो । नेपालीले नेपालीलाई सद्भाव छात्रवृत्ति कार्यक्रम अन्र्तगत अमेरिकाबाट अमित अभय अधिकारीमार्फत गरिव तथा विपन्न छात्रा विमलाई सो छात्रवृत्ति रकम प्राप्त भएको भट्टराईले बताउनुभयो ।

सद्भाव छात्रवृत्ति कार्यक्रम अन्र्तगत पहिलो चरणमा २५ र दोस्रो चरणमा ५० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई ७ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । आमा बुबा दुवै नभएको विमलाको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र एसइइ उत्तिर्ण भएपछि पठनपाठनमा समस्या नहोस् भनेर छात्रवृत्ति प्रदान गरिएको संयोजक भट्टराईले बताउनुभयो ।

खोटाङकै नमूना हलेसी कृषि तथा बाख्रा फार्म बन्न सफल

विजयखर्क–९, भैरमपुरमा २०६९ सालबाट बाख्रापालन व्यवसाय शुरु गरेको हलेसी कृषि तथा बाख्रा फार्म जिल्लाकै नमूना बाख्रा फार्मको रुपमा स्थापित भएको हो । प्याटको ३० प्रतिशत ...