दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छः रमेश लेखक

0

सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखकले एक-दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । मन्त्रालय बाँडफाँड लगभग भएको भन्दै उनले मन्त्री ककसलाई बनाउने भन्ने टुंगो लाग्न बाँकी रहेको बताए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको कारणले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको भएपनि अबको दुई-दिनभित्रै सरकार विस्तार हुने बताएका हुन् ।

‘सरकार विस्तारमा विलम्ब भएकै हो, अहिले हामी अन्तिम छलफलमा जुटेका छौं’ शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा लेखकले भने, खासगरी मन्त्रालय बाँडफाँड गर्ने काम करिब-करिब सकिएको छ, मन्त्री ककसलाई बनाउने भन्नेबारे पनि आजभोलिभित्रै टुँगो लाग्छ, अबको दुईदिनभित्रै सरकार विस्तार हुन्छ ।’

Ramesh-Lakhek

शीर्ष नेताहरु उपत्यका बाहिर भएकोले छलफल हुन नसकेको भन्दै उनले नेताहरु आज साँझ बसेर भोलिसम्म सरकार विस्तार टुँग्याउने बताए ।

उनले सरकारमा सहभागी गराउन राप्रपा र संघीय समाजवादी फोरमसँग कुराकानी भइरहेको बताए ।

कांग्रेस नेता लेखकले राजपा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास दिलाए । ‘राजपा निर्वाचनमा आउँछ, त्यही उद्देश्यले उहाँहरुले दल दर्ता गर्नु भएको हो’ उनले भने, ‘निर्वाचन चिन्ह पनि मागिरहनु भएको छ ।’

उनले एमालेले समर्थन नगर्दा संविधान संशोधनमा दुई तिहाईको सुनिश्चितता हुन नसकेको बताए । तर, संशोधन पास गर्न कांग्रेस, माओवादी केन्द्र, राप्रपा र राजपा लगायतका दलहरु एकमत रहेको लेखकको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले निर्वाचन अघि संविधान संशोधन गर्न नहुने स्पष्ट पारे । उनले भने, ‘सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनबारे सोच्न सकिन्छ, अहिले नसोचे हुन्छ ।’

उनले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका छन् । उनले भने, ‘सांसदको संख्या बढाउने कुरा एमालेले कल्पना समेत गर्न सक्दैन्, सुन्न पनि तयार छैन, यदि कुरा आउँछ भने ठाडै अस्विकार गरिदिन्छौं ।’

कार्यक्रममा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफू मन्त्री बन्न लालयित नभएको बताए । उनले भने, ‘म पटकपटक मन्त्री भइसकेको छु, मन्त्री बन्न मैले प्रतिष्पर्धा गर्नुपर्दैन, म त मन्त्री बनाउने ठाउँमा छु ।’
नेता रायमाझीले अबका एक साताभित्रै मन्त्रिपरिषद् विस्तार हुने विश्वास व्यक्त गरे ।

राजपा नेपालका शीर्ष नेता अनिल झाले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने स्पष्ट पारे । उनले भने, ‘यथास्थितिमा हामी कुनै पनि निर्वाचनमा भागलिँदैनौं, हाम्रो कुरा बडा क्लियर छ ।’

एजेण्डा र निर्वाचनमध्ये आफूहरुले एजेण्डा रोजेको भन्दै उनले अघि भने, ‘हामी एजेण्डा छोड्दैनौं, प्रदेश नम्बर दुईको निर्वाचनमा राजपाले भाग नलिने सम्भावना बढि छ ।’

No comments

सुन्दरादेवी सन्देश बागमती म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक

मनोज थापा । यहि जेठ १३ गते नेपालको ऐतिहासिक एंव पर्यटकिय जिल्ला नुवाकोटमा सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा ‘नेपाली गीतसंगीत हाम्रो पहिचान सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने ...