बिदेशका दर्शकले पहिला हेर्न पाउने भए हसनको ‘रोमियो’

कार्तिक १७ गते प्रदर्शनको तयारीमा रहेका चलचित्र ‘रोमियो’ नेपालमा भन्दा पहिला नेपालीहरुको बसोबास रहेको बाहिरी देशमा लाग्ने भएको छ । चलचित्रका निर्माता तथा नायक हसन राजा खानका अनुसार चलचित्रको पहिलो प्रदर्शन भने कतारमा हुनेछ ।

मुस्लिम समुदायको ठुलो पर्ब बकर ईदको अवसरमा चलचित्रलाई कतारको दोहामा रिलिज गरिने छ । निर्माता खानका अनुसार चलचित्र ‘रोमियो’ भदौ १६ गते त्यहाँका हलहरुमा प्रदर्शन गरिने भएको हो । यस्तै नेपालको प्रदर्शन अगावै चलचित्रहरुलाई हङकङ, जापान, दुवई, अस्ट्रेलिया, अमेरिका र सिक्किममा प्रदर्शन गरिने पनि निर्माता खानले गज्जबको अनलाईनसँगको कुराकानीमा खुलाए ।

Romeo

एचआरके प्रोडक्सन सेकेण्ड भेन्चरको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका छन् । किरण माइकल घिमिरेको लेखनमा तयार भएको चलचित्रमा अधिकांश नव कलाकारहरुलाई प्राथमिकता दिईएको छ । चलचित्रमा हसन राजा खान, मेलिना मानन्धर, निशा अधिकारी, भानुप्रताप लगायतका चलेका अनुहार छन् ।

चलचित्रमार्फत नवनायिका ओशिमा बानु, बिपिन मिक्की गुरुङ, बिकास खतिवडा, श्रद्धा सिलवाल लगायतका कलाकारहरुले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । यसअघि बैशाख २९ गते प्रदर्शन गर्ने भनिएको चलचित्र स्थानिय तहको पहिलो चरणको चुनावको कारण सारिएको थियो ।

नारायणगढ–मुग्लिन सडक आज सात घण्टा बन्द

रत्ननगर, चितवन, २५ कात्तिक (रासस) ः चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ । नारायणगढ–मुग्लिक सडक ...