रसुवा र नुवाकोटमा पनि फोटो सहितको मतदाता नामावली संकलनको काम सुरु

जिल्ला निर्वाचन कार्यलय नुवाकोटले आईतबारबाट पुनः फोटो सहितको मतदाता नामावली संकलनको काम सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि जिल्ला सदरमुकाम विदुरमै जानुपर्ने बाध्यता रहेको छ ।

निर्वाचन आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट सुरु गरेको हो । आयोगका अनुसार साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिनेछ ।

आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा आनउन जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताउनुभयो ।
यसै सन्दर्भमा प्रस्त्ुत छ, नुवाकोट एफएमका लागि सहकर्मी निरुपा मल्लले निर्वाचन अधिकारीसँग गर्नु भएको कुराकानी ।

यसअघि जहाँ सुकैको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

resize_image

आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् । तर, स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु पर्दैन ।

आयोगले यस्तो व्यवस्था गरेपछि मतदाता नामावली दर्ता झन्झटिलो भएको भन्दै नुवाकोटका राजनीतिक दलका नेताहरुले स्थानीय तहमै नाम दर्ता गराउन आग्रह गरेका छन् । राजनीतिक दलहरू १५ दिनको अवधि बढाएर १ महिना गर्न र बसेकै स्थानबाट दर्ता गर्न सकिने व्यवस्था गर्नसमेत माग गरेका छन् ।

यस्तै रसुवाका सरोकारवालाहरुले फोटो सहितको मतदाता नामावली संकलनको म्याद थप गर्न र सबै गाउँपालिकामा सञ्चालन गर्न माग गरेका छन् ।

धुञ्चेमा जिल्ला निर्वाचन कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागीहरुले दुर्गम जिल्ला भएको कारण मतदाता नामावलीको लागि फोटो खिचाउने समय कम्तिमा पाँच दिन थप गर्न र पाँच वटै गाउँपालिकामा सञ्चालन गर्न माग गरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

निर्वाचन आयोगले साउन १ देखि १५ गतेसम्म नामावली संकलन र साउन १६ गतेदेखि २० गतेसम्म दाबीविरोधको समय तोकेको छ । तर, बर्खाको समय भएको र फोटो खिचाउन चाहने वा छुटेका मतदाताहरुले सदरमुकामसम्म आउन नसक्ने भएको कारण हरेक गाउँपालिकाको कार्यालयमा मतदाता नामावलीको लागि फोटो खिच्ने व्यवस्था गर्न सहभागीहरुले माग गरेका हुन् । सहभागीबाट आएको मागलाई आयोगमा पठाइएको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताउनुभयो ।

आज दुई पार्टीको वार्ता हुदै

२१ असोज- प्रधानमन्त्रीमा आफूलाई सघाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग वार्ता गर्ने भएका छन् । एमाले र राप्रपा ...