करोडौँ राजस्व उठ्छ, एउटा ट्वाईलेट समेत छैन

नेपाल र चिन बिच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा सार्वजनिक शौचालय नहुदाँ सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् ।

नाकामा सार्वजनिक शौचालय नहुदाँ समस्यामा परेको रसुवागढी नाका पुगेका पुस्कर न्यौपानेले बताउनु भयो । चाइनाको भुभाग पटि सबै ब्यबस्थित रहेता पनी नेपाल पटि भने सार्बजानिक सौचालय समेत नरेका कारण नागरिकहरु समस्यामा पर्दै आएका छन् ।

चिनसँग एक मात्र संचलानमा रहेको नाका रसुवागढीमा दैनिक चिनियाँ पर्यटक, व्यापारि, सवारी चालक लगायत सयौ मानिसहरुको आवतजावत हुने गर्दछ । खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले बिगतका वर्ष देखि नै योजना बनाउँदै आएपनि योजना, योजनामा नै सिमित भएको छ । बिगतका बर्षदेखि नाकामा सार्वजनिक शौचालय निर्माण गर्ने बताए पनि सरोकारवालाहरुले चासो नदिदा शौचालय निर्माण हुन नसकेको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय रसुवाका प्रमुख रबि मोहन कोईरालाले बताउनु भयो ।

उहाँका अनुसार रसुवागढी नाकामा सार्वजनिक शौचालय निर्माण गर्ने कुराहरु आएता पनी सम्बन्धित अन्य सरोकारवाला निकायले चासो नराख्दा सार्बजानिक शौचालय निर्माण कार्य हुन नसकेको बताउनु भयो ।

यस्तै, रसुवाको बेत्रावति, स्याफ्रुबेशी, चिलिमे लगायतको स्थानमा पनि सार्वजनिक शौचालयको आबाश्यक देखिएको छ । यसअघि पनि जिल्लाको बिभिन्न स्थानमा शौचालय निर्माण गर्ने योजना बनाएता पनि सरसफाईसँग काम गर्ने सङ्घ सस्थाहरु जिम्मेबारीबाट पन्छिने गरेका काण शौचालय निर्माण हुन नसकेको हो ।

रसुवामा आधा दर्जन भन्दा बढी खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था भएपनि संस्थाहरुले भने तालिम र गोष्ठीको कार्यक्रममा मात्र सिमित रहेको देखिएको छ ।

एमाले लिखुद्धारा शुभकामना आदानप्रदान तथा संगठनको कार्यालय सञ्चालन ।

२ बैशाख, नुवाकोट । नेकपा एमाले लिखु गाँउपालिका संगठन कमिटिले नयाँ बर्षको अबशर पारेर शुभकामना आदानप्रदान तथा संगठनको कार्यालय सञ्चालनमा ल्याएको छ । लिखु गाँउपालिकाको ...