मैलुङ खोला जलविद्युत आयोजनाप्रति स्थानियलाई किन लाग्यो शंका ?

रसुवाको मैलुङ खोला जलविद्युत आयोजनाले स्थानीयको लागि जारी गरेको शेयर वितरणमा अनियमितता भएको भन्दै स्थानीयले सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा ज्ञापन पत्र बुझाएका छन् । १ सय जना भन्दा बढी रसुवावासीले हस्ताक्ष्गर गरि प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई शेयर वितरणको छानविनको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । आयोजनाले स्थानीयलाई समेत समान रुपमा वितरण नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

आयोजनाको प्रभावित क्षेत्र र जिल्लावासीका लागि ३ लाख ६८ हजार १ सय ४४ कित्ता सेयर बितरण गरिने वताइए पनि वाँडफाँड गर्ने समयमा चिठ्ठा प्रणालीमा वितरण गरेपछि रसुवावासी आक्रोसित भएका हुन् । आयोजनाले कुल शेयरको १० प्रतिशत जिल्लावासीले छुट्याउनुपर्ने भएकाले सो सङ्ख्यामा शेयरको लागि आवेदन माग गरेको थियो । गत जेठ १७ गतेबाट जेठ ३१ गतेसम्म आवेदन माग गरिएकोमा रसुवाका ९५ प्रतिशतले शेयर भरेका थिए ।

कम्पनीले चिठ्ठा प्रणाली भन्दै २२ हजार ९ सय ३२ जनालाई मात्र शेयर वितरण गरिएको छ । एक हजार कित्ता भर्नेलाई तीन सय ३३ कित्ता, दुई सय कित्ता भर्नेलाई ६७ , सय कित्ता भार्नेलाई ३२ कित्ता र न्यूनतम १० कित्ता शेयर पाउनेले पाएका छन । रसुवा जिललाबासिले ५० कित्ता देखि १ हजार ८ सय ४० कित्ता सम्मका लागि आबेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

gyapan patra 1

gyapan patra 2

gyapan patra 3

gyapan patra 4

gyapan patra 5

रसुवाका सबै मतपेटिका सदरमुकाम ल्याइयो

रसुवा, मंसिर ११ – रसुवाको सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेको छ । आइतबार भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा मतदान सकिए लगत्तै मतपेटिका ओसार्ने काम ...