छक्का पञ्जा’ले पुरा गर्यो मिसन, गीतका शब्दहरु नै भाईरल

चलचित्र ‘छक्का पञ्जा’ टिमले पहिलो गीत सार्वजनिक गरेसँगै आफ्नो वचन पुरा गरेको छ । ‘छक्का पञ्जा’ छायाँकन गरिएको ठाउँ काभ्रेपलाञ्चोक पनौति १० सलिमटारका स्थानियको सुविधाका लागि एम्बुलेन्स दिने वचन आज पुरा गरेको हो । ‘छक्का पञ्जा २’ गीत सार्वजनिक गरेसँगै दीपकराज गिरी र दीपाश्री निरौलाले शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । ‘छक्का पञ्जा’ सफल भएसँगै निर्माण टिमले सिनेमाको छायाँकन भएको स्थान पनौती १० सलिमटारको लागि एम्बुलेन्स हस्तान्तरण गर्ने वचन दिएको थियो ।

Deepa-Shree-Niraula-Deepak-Raj-Giri-Photo-1

‘छक्का पञ्जा’ले सर्वाधिक सफलता पाएपछि यसको सिक्वेल पनि दर्शकका लागि निकै प्रतिक्षित बनेको छ । फलस्वरुप उक्त चलचित्रको सार्वजनिक गीत ७ घण्टामा नै साढे २ लाख पटक युट्युबमा हेरिएको छ । तिव्र गतिमा गीतले दर्शकहरु पाइरहेको भएपनि कतिपयले अपेक्षा गरेअनुरुप नभएको भन्दै युट्युबमा प्रतिक्रिया छाडेका छन् । यता, गीत सार्वजनिक गर्दै चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले सार्वजनिक गीत सुर्के थैलीजस्तो नभएको र एउटा यात्रा गीत रहेको बताएका छन् । यद्यपी, गीतले पाएको दर्शकका कारण चलचित्रकी निर्देशक दीपक, दीपासँगै सम्पूर्ण टिम निकै उत्साहित देखिएको छ । गीतमा समावेश ‘२२ वर्ष नाघिसक्या फिलै नहुने, मैँयाहरु कति भेटेँ दिलै नहुने’ र ‘केटी नपट्टीएसम्म अनेक गफ गर्ने, मिसन पुरा भएपछि मोबाईल अफ गर्ने’ लगायतका शब्द सामाजिक सञ्जालमा पनि भाईरल भइरहेका छन् ।

पहिरोको कारण मालबाहक गाडी ओहोरदोहरमा समस्या (फोटोफिचर)।

२८ असार, रसुवा । चीन प्रवेशको लागि हाल एकमात्र नाका रसुवागढी नाका पुग्ने पासाङल्हामु मार्ग अन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडकमा पहिरोको उचित व्यवस्थापन हुन नसक्दा ...