नदीजन्य वस्तुको चोरी निकासी बढ्दो, प्रशासन बन्यो मुकदर्शक

नुवाकोटका नदीनालाबाट नदीजन्य वस्तु (ढुंगा, गिट्टी, बालुवा) को उत्खनन् गरी त्यसको चोरी निकासी गर्ने कार्य बढ्दै गएको छ ।

नुवाकोटको तादी, त्रिशूली र लिखु खोलासहित अन्य खानीबाट रातको समयमा नदीजन्य बस्तुको उत्खनन् र चोरी बढेको स्थानीयवासीहरुले बताएका छन् ।

जिल्ला समन्वय समितिले असोज १ गतेपछि मात्रै खोला तथा खानीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पाइने गरी ठेक्का लगाएको भएपनि साँझ विहान र रातको समयमा नदीबाट एक्साभेटरको प्रयोग गरी उत्खनन् भइरहेको स्थानीयबासीहरुले बताएका छन् । त्रिशूली खोलाको देवीघाटदेखि कोल्पुखोलासम्म र तादी खोलाको देवीघाटदेखि मालाकोट हुँदै थानसिं, चौघडा क्षेत्रमा लुकीछिपी बालुवा तथा नदी जन्य पदार्थको उत्खनन् भइरहेको छ ।

फाईल तस्विर

नुवाकोट जिल्लामा जनप्रतिनिधिहरु आएसँगै उनीहरुले नदीजन्य पदार्थ उत्खनन्मा कडाई गरेपछि स्थानीय प्रशासनको आडमा तस्करहरुले अवैध व्यापार गरिरहेको स्थानीयबासीहरुको आरोप रहेको छ ।

हाल ठेक्का नलागेका विभिन्न खोला नालाबाट दिनहँुजसो नदीजन्य वस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन मौनछ । प्रहरी प्रशासनको संरक्षणमा दिनहँुजसो विभिन्न खोला नालाबाट खोला जन्यवस्तु चोरी निकासी हँुदै आएको स्थानीयवासीको आरोप छ ।

प्रहरीले थोरै ट्रिपरहरुलाई नियन्त्रणमा लिएर धेरै ट्रिपरलाई उन्मुक्ति दिँदै आएको छ । नुवाकोटका खोला तथा खानीवाट नदीजन्य बस्तुको उत्खनन्का लागि जिल्ला समन्वय समिति नुवाकोटको १० करोड रुपैयाँमाबाट नघट्ने गरी ठेक्का आव्हान गरेको छ । सरकारी मान्यता अनुसार असारदेखि भदौसम्म खोलाबाट एक्साभेटरको प्रयोग गरेर नदीजन्य बस्तु उत्खनन् गर्न प्रतिवन्ध गरिएको छ ।

अवैध रुपमा फस्टाएको यो व्यापारका कारण नुवाकोट जिल्लावासीले ठूलो रकम घाटा व्यहोर्नु परेको छ भने व्यापारीहरुले नदीजन्य पदार्थको विक्रिी वितरणमा कालोबजारी गर्दा चर्को मूल्य तिर्न बाध्य भएका छन् । अवैध उत्खनन्कै कारण बाढी पहिरो, भूक्षय, वन विनाश हुने खतरा बढ्दै गएको छ ।

पराजयसँगै नेपालीकांग्रेस भित्र नेतृत्वमाथि टिका टिप्पणी शुरु

काठमाण्डौ मंसिर २७, निर्वाचनमा भोगेको पराजयसँगै नेपालीकांग्रेस भित्र नेतृत्वमाथि टिका टिप्पणी शुरु भएको कतिपय युवा नेताहरुले कांगे्रसको पराजयको जिम्मेवारी शिर्ष नेताहरुले लिनुपर्ने बताएका छन् । ...