नुवाकोटमा तरकारी तथा फलफूल व्यवसायी संघ गठन भएको छ । नुवाकोट जिल्लामा छरिएर तरकारी तथा फलफूल व्यवसाय संचलन गर्ने खुद्रा तथा थोक व्यपारीहरु संगठित भएर नुवाकोट तरकारी तथा फलफूल व्यवसायी संघ स्थापना गरेका हुन् ।
विदुरमा सम्पन्न भएको भेलाले साधुराम सापकोटाको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन भएको हो । उपाध्यक्षमा सावित्री वुढाथोकी, सचिवमा विद्यानाथ न्यौपाने र कोषध्यक्षमा त्रिरत्न श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा शिव रिमाल, सनिला श्रेष्ठ, राजकुमार श्रेष्ठ चयन हुनुभएको छ ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयको योजना अधिकृत कृष्णप्रसाद उपाध्याय, नुवाकोट उद्योग वाणिज्य संघका कोषध्यक्ष गिता अमात्य र ग्रामिण स्वावलम्वन विकास केन्द्र शाखा कार्यालय नुवाकोटका कार्यक्रम संयोजक दिलिप खवास लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । भेलाले ३ सदस्यीय विधान मस्यौदा समिति र ३ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ ।