रसुवाका स्वास्थ्य संस्थामा इन्टरनेट जडान

रसुवामा सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थामा इन्टरनेट जडान गरिएको छ । जिल्लामा सञ्चालनमा रहेका अस्पताल, स्वास्थ्य चौकी र प्राथामिक स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान गरिएको हो । स्वास्थ्य संस्थाले सञ्चालन गर्ने विभिन्न गतिविधिलाई सहज तरिकाले रिर्पो्टिङ गर्न तथा प्रभावकारी वनाउनका लागि १९ ओटा स्वास्थ्य संस्थालाई इन्टरनेट प्रणालीमा जोडिएको हो ।

जिल्लामा रहेको एउटा अस्पताल, १७ ओटा स्वास्थ्य चौकी र एउटा प्राथामिक स्वास्थ्य केन्द्रमा आवश्यक सामाग्री पुगिसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार अहिले प्रत्येक स्वास्थ्य संस्थाका दुई जना कर्मचारीलाई अनलाइन प्रणाली सम्वन्धी तालिम प्रदान गरिएको छ । पहिलो चरणमा २७ जना कर्मचारीले तालिम पाइसकेका छन् । भने बाँकीलाई दोस्रो चरणमा तालिम दिइनेछ ।

हरेका संस्थामा इन्टरनेट जडान भएसँगै अवदेखि स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन सिधै स्वास्थ्य सेवा विभाग, केन्द्रिय व्यवस्थापन महाशाखामा बुझाउन सक्नेछन् । यसअघि मासिक रुपमा जिल्ला स्वास्थ्य कार्यालयमा फाइल बोकेर आउनुपर्ने वाध्यता रहेको थियो ।

सदरमुकाम धुन्चेबाट टाढा रहेका गाउँबाट मासिक प्रतिवेदन ल्याउन समस्या रहेको थियो । कार्यालयका प्रमुख डा झलक गौतमले भन्नुभयो ‘जिल्लाको लाङटाङ, यार्सा लगायतका गाउँ जहाँ मोटरबाटो पुगेको छैन् त्यहाँबाट आउन दुई दिनसम्म लाग्ने हुँदा मासिक प्रतिवेदन ल्याउन समस्या थियो । ’

स्थानीय तहबाट ल्याएका प्रतिवेदन जिल्लामा ल्याएर फेरी जिल्लाबाट केन्द्रमा पठाउनुपर्ने वाध्यता रहेको थियो । अब रिर्पो्टिङ अनलाइन मार्फत हुने भएपछि उनीहरुलाई सदरमुकाम आउन पर्दैन । रिर्पो्टिङ एकै दिन हुने, छिटो छरितो हुने, गुणस्तरीय तथा विश्वसनीय समेत हुने डा गौतमको भनाई छ । यहि साउन महिनाको मासिक प्रतिवेदन महाशाखामा पठाएर कामको औपचारिक रुपमा काम सुरुवात गरिनेछ ।

पुजा शर्मालाई चिन्दिनन् ‘कृ’ नायिका अदिती

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कृ’ले देशैभरी उत्कृष्ठ ब्यापार गरिरहेको छ । पहिलो र दोश्रो दिन चलचित्रले एकदमै राम्रो ब्यापार गरेको छ भने तेश्रो दिन पनि ...