गोसाइँकुण्डमा एक सातामा ३६ हजार रुपैया भेटी संकलन

रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा लागेको मेलामा एक सातामा ३६ हजार रुपैया भेटी संकलन भएको छ । नागपन्चमी र रक्षावन्धनमा मेला भर्न आएका तिर्थयात्रीले एक सातामा ३६ हजार सात सय ९० रुपैयाँ भेटी चढाएको मेला आयोजक समितिले जनाएको छ ।

गोसाइकुण्ड मेला भर्न भक्तजन साउन ८ गतेदेखि आउने क्रम सुरु भएको थियो । मेला २३ गतेसम्म सञ्चालन हुने भए पनि नागपञ्चमीमा विशेष मेला लागेकाले त्यो अवधिमा सञ्चालन भएको भेटी आइतवार गनिएको हो ।

मेला व्यवस्थापनका लागि २०५६ सालदेखि कार्यरत गोसाइकुण्ड क्षेत्र विकास समितिले हरेका वर्ष भेटी संकलन गर्ने गरेको छ । मेलामा उठेको भेटी मेला सकिएपछि प्रहरी, नागारिक समाज पत्रकार लगायतको उपस्थितीमा गन्ने गरिएको छ ।

समितिका अध्यक्ष संजिव डिएमका अनुसार अघिल्लो वर्षको मेलामा जनैपुर्णिमा पछि संकलन भएको भेटी गन्ने गरिएको भए पनि यो वर्ष भने दुई चरणमा गन्न लागिएको हो । संकलन भएको भेटी मेला व्यवस्थापनको लागि खर्च हुने गरेको छ ।

यो वर्ष चार दिनसम्म चलेको मेलामा करिव तीन हजारले तीर्थयात्री आएका थिए । श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमासम्म मेला लाग्ने गरेकोमा यो वर्ष भने नागपञ्चमीमा विशेष मेला लागेको थियो ।

मेला भर्न आएका तीर्थयात्रीले पवित्र तिर्थस्थल गोसाइँकुण्ड तथा गोसाइँकुण्ड जान नसक्नेले धुन्चेस्थित मिनिगोसाइँकुण्डमा पनि मेला भरेका थिए । गोसाइँकुण्ड तथा मिनिगोसाइँकुण्डमा जनै फेर्ने तथा राखी बाध्ने काम गरिएको थियो ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिले गत वर्ष १० दिनसम्म मेला लाग्ने भएपनि यो वर्ष पूर्णिमाको दिन ग्रहण लाग्ने भएकाले नागपञ्चमीसम्म विशेष मेला लाग्ने समितिका अध्यक्ष संजिव डिएमले वताउनुभयो । यो वर्ष गोसाइँकुण्डमा करिव १० हजारले मेला भर्ने अनुमान गरिएको छ ।

गत वर्ष जनैपूर्णिमा मेलामा ७ हजार पाँच सयले मेला भरेका थिए । समितिका अनुसार धुन्चे हुँदै गोसाइँकुण्ड पुग्न सकिने पदमार्गबाट दैनिक करिव १ हजार ५ सय जना तिर्थयात्री गइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले वताउनुभयो ।

राखी वाध्ने तथा जनै लगाउने काम नागपञ्चमीमा नै सकिएपनि बाँकी १० दिनसम्म पनि तिर्थयात्री आउने संभावना रहेको अध्यक्ष डिएमले वताउनुभयो । रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरूपमा सञ्चालनमा आएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् ।

गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै कायम रहेको काठमाडौँको सुन्दरीजलबाट पैदलमार्फत चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभिरको फेदी हुँदै सूर्यकुण्ड/गोसाइँकुण्ड पुग्ने पदमार्ग मर्मत तथा व्यवस्थित गरी सञ्चालनमा ल्याएको लाङ्टाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिनुभयो । सुन्दरीजलबाट विश्राम गर्दै दुई दिनमा गोसाइँकुण्ड पुग्ने यो पदमार्गलाई जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई दृष्टिगत गरी व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि तीर्थयात्रीको आगमनसमेत शुरु भइसकेको छ ।

निःशुल्क शिक्षा: दलहरुको निरन्तर चुनावी नारा

काठमाडौँ, २२ कात्तिक (रासस) ः स्थानीय तहदेखि संसदीय निर्वाचनमा माध्यमिक तहसम्म शिक्षा निःशुल्क दिलाउने प्रतिबद्धता गर्न कुनै पनि दल चुकेका हुँदैनन् । कतिपय दलले त ...