त्रिशूली अस्पतालको फार्मेसी सञ्चालन

नुवाकोट जिल्ला अस्पतालले बुधबारदेखि आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालनमा ल्याएको छ।

सरकारी अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशनसहित बजेट विनियोजन भएपछि पाँच लाखको लगानीमा औषधि खरिद गरेर फार्मेसी सेवा सञ्चालनमा ल्याएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यप्रसाद भुसालले जानकारी दिनुभयो।

अस्पतालको फार्मेसीमा निजी औषधि पसलकोभन्दा पाँच प्रतिशत सस्तो मूल्यमा २४ सै घन्टा सेवा उपलब्ध हुने डा. भुसालले बताए। फार्मेसीले ७४ प्रकारका औषधि सःशुल्क र ५० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउन थालेको छ।

फार्मेसी शुभारम्भ गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले सेवालाई प्रभावकारी, निरन्तर र चिकित्सकले तोकेअनुसारका औषधि उपलब्ध गराउन सुझाव दिए।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अस्पतालमा खस्कँदै गएको सेवा सुधारका लागि फार्मेसी सञ्चालनले सकारात्मक सन्देश दिएको बताइन्।

५० श्ययाको उक्त अस्पतालमा रसुवा र धादिङका समेत गरी दैनिक एक सयभन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन्। रासस

सरकार गम्भीर बन : डा.महत

६ मंसिर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले देशको संकटलाई आन्दोलनरत र सरकार दुवैले गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं. ...