निर्वाचनको वातावरण बन्दै गएको छः राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् । उनले राहत वितरणका लागि प्राधिकरण गठन गर्नुपर्ने मागसमेत गरे । बाढी प्रभावित मधेशका जिल्लामा राहत वितरण गर्न आएका नेता महतोले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मधेशी समस्या समाधानका लागि यही भदौ ५ गते हुने मतदानमा सम्पूर्ण दललाई सहभागी हुन आग्रह गरे ।

उनले मधेशका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि रु २६ अर्बको माग गरेकामा सरकारले रु एक अर्ब निकासा गरे पनि सम्बन्धित जिल्लामा पुग्न नसकेको बताउँदै राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने माग गरे

त्रिशूली अस्पतालको फार्मेसी सञ्चालन

नुवाकोट जिल्ला अस्पतालले बुधबारदेखि आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालनमा ल्याएको छ। सरकारी अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशनसहित बजेट विनियोजन भएपछि पाँच लाखको लगानीमा ...