मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

त्रिशूली (नुवाकोट), ९ भदौ । चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको कसूर प्रमाणित गरी बिहीबार १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना गरेको हो ।

तामाङले २०७० चैत १४ गते दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीकी २१ वर्षीया युवतीलाई ललाइफकाइ भारतमा बिक्री गर्न लगेको प्रहरीले जनाएको छ । पीडित युवतीको उजुरीका आधारमा आरोपी तामाङलाई पक्राउ गरी प्रहरीले २०७२ असोज २५ गते मुद्दा दर्ता गरेको थियो । उक्त घटनामा संलग्न भएकाहरु अन्य पाँचजना भने फरार रहेका छन् । फरार रहेका दुप्चेश्वर गापा–१ का साइला तामाङ, गोथे तामाङ, सोमर लामा, आशा तामाङ र होना तामाङको सजाय भने मुल्तवीमा राखिएको छ ।

लेबनानका प्रधानमन्त्रीद्धारा राजीनामा

बीबीसी कार्तिक १९, लेबनानका प्रधानमन्त्री साद उल हरिरीले राजीनामा दिनुभएको छ । ज्यानको जोखिम रहेको भन्दै उहाँले राजीनामा दिनुभएको हो । साउदी राजधानी रियादमा एउटा ...