भारतीय नम्बर प्लेटको गाडिमा हुइकिँदै निखिल

नेपाली चलचित्र क्षेत्रबाट केहि समय हराएका एक्सन नायक निखिल उप्रेति अहिले चलचित्र कमिटमेन्ट सिक्स्टी आवर्स निर्माणमा व्यस्त छन् । प्रामा इन्स्टुमेन्टसँग सहकार्य गर्दै निर्माण गर्न लागेको चलचित्र छाँयाकनका लागि विभिन्न बलिउड कलाकार नेपाल आएको चर्चा बेला बखत भइरहेको छ ।

भारतको मुम्बईमा अलपत्र परेकी नेपाली युवतीको उद्धार गर्ने कथामा निर्माण भएको यस चलचित्रलाई निखिल आफैँले निर्देशन गरिरहेका छन् । नेपाली युवतीको उद्धार गर्नका लागि निखिलले चलचित्रमा भारतीय नम्बर प्लेट भएको यहि गाडिको प्रयोग गरिरहेका छन् । चलचित्र घोषणाको समयमा समेत यहि गाडिमा देखिएका निखिलले भारतमा पनि छायाँकन गर्नु पर्ने भएकाले सहजताका लागि उक्त गाडि लिइएको स्पष्ट गरेका छन् ।

MH 04 FZ 4541 नम्बरको महिन्द्रा XUV 500 गाडि चलचित्रको मुख्य पात्र जतिकै रहेको उनको भनाई छ । नेपाली चेलीको उद्धारका लागि यात्रा गर्दा अधिकाँस ठाउँमा सोहि गाडि देखिने उनले बताएका छन् । उनको यो चलचित्रमा हिन्दी, नेपाली र अंग्रेजी भाषाको प्रयोग भए पनि विशुद्ध नेपाली स्वादको हुने बताइएको छ ।