‘ए मेरो हजुर २’ को दुईदिनको ग्रस कलेक्सन यति

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’ए मेरो हजुर २’ले बम्पर ओपनिङ गरेको छ । समिक्षकहरुको पनि गतिलो प्रतिक्रिया पाएको चलचित्रले शुक्रबा र शनिबार मात्र नभएर आईतबार पनि एकदमै राम्रो कलेक्शन गरेको छ ।

चलचित्रले शुक्रबार देशभरबाट ७८ लाख ७१ हजार ग्रस कलेक्सन गर्यो भने शनिबार राजधानीबाट ८७ लाख ७५ हजार र मोफसलबाट ७२ लाख ५५ हजार ग्रस कलेक्सन गरेको छ । चलचित्रको दुई दिनको ग्रस कलेक्सन २ करोड ३९ लाख १ हजार भएको छ । चलचित्रले आईतबार पनि निकै राम्रो ब्यापार गर्नेमा चलचित्रको निर्माण टोली एकदमै आशावादी रहेको छ ।

फिल्म रिलिज अगाडी एकदमै डराईरहेकी निर्देशक झरना थापा पनि हलहरुमा दर्शकको ओईरो देखेर खुसी भएकी छिन् । पहिलोपटक निर्देशन गरेको चलचित्रलाई दर्शकहरुले गरेको मायाप्रति उनी एकदमै आभारी पनि भएकी छिन् । चलचित्र देशभरका लगभग ९० वटा स्क्रिनहरुमा लागेको निर्माणपक्षले बताएको छ ।

नायक सलोन बस्नेतको अभिनयलाई एकदमै धेरै रुचाईएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई सुहाना इन्टरटेनमेन्टको ब्यानरमा झरना थापका पति सुनीलकुमार थापाले निर्माण गरेका हुन् ।

रसुवाका विस्थापितका लागि एकिकृत वस्ती निमार्ण सुरु

२४ चैत, रसुवा । भूकम्प गएको २३ महिना पछि रसुवाका विस्थापितका लागि एकिकृत वस्ती निमार्ण सुरु भएको छ । भूकम्पका कारण गाँउमा सुख्खा पहिरो झर्न ...