अपहरीत बालिकाको सकुशल उद्धार

धादिङ, २२ भदौ, पोखराको चिप्लेढुङ्गाबाट अपरीत बालिकाको सकुशल उद्धार प्रहरीले उद्धार गरेको छ । धादिङस्थित पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी सहायक निरीक्षक सिम जिसीले बताउनुभयो ।
धादिङको धुनीबेसी नगरपालिका धार्के निवासी २७ वर्षीय सन्तोष सापकोटाले एक शिशु बोकेर सडक क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारेपछि स्थानिवासीले प्रहरीलाई खबर गरेका थिए ।
आरोपी सापकोटालाइ प्रहरीले अनुसन्धान गरिरहेको छ भने बालिकाको नातेदारको खोजी भइरहेको प्रहरीले जनाएको छ । पोखराको चिप्लेढुङ्गा क्षेत्रमा कवाडी सामानको काम गर्ने बालिकाका बाबुआमालाई आफूले घरमा बालक हेरी दिने बताएर उनीहरु काममा गएको बेला बालिका बोकेर धादिङ ल्याएको प्रारम्भिक अनुसन्धानमा सापकोटाले बताएको प्रहरी सहायक निरीक्षक जिसीले जानकारी दिनुभयो ।

आज सबै मतपेटिका संकलनको काम सकिने

रसुवा मंसिर १२, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा मंसिर १० गते आइतबार मतदान भएका सबै जिल्लामा आज मतपेटिका संकलन सकिने निर्वाचन आयोगले ...