आज शिक्षा दिवस विविध कार्यक्रम गरि मनाइँदै

नुवाकोट भदौ २३,‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लागनी’ भन्ने नाराका साथ आज ३७ औं शिक्षा दिवस मनाइदैछ । शिक्षा मन्त्रालयल तथा विभिन्न शैक्षिक निकायले विभिन्न कार्यक्रम गरी शिक्षा दिवस मनाउँदै छन् ।
तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर वि.सं. २०३१ सालबाट फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस देशमा गणतन्त्रको स्थापना भएपश्चात अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको दिन (सेप्टेम्बर ८) मा मनाउन थालिएको छ । यो दिन अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस सँगसँगै मनाउने गरिएको छ ।
जीवन उपयोगी शिक्षामा लगानी नारा तय गरेको भएपनि शिक्षामा राज्यले गर्ने लगानी वर्से्नि घट्दो छ । विगतमा मुलुकको कुल बजेटको १७ प्रतिशतसम्म शिक्षामा छुट्याइने गरेको मा वर्सेनी घट्दै गएर योपल्ट करिब ११ प्रतिशतमा झरको छ ।
सरकारले सामुदायीक विद्यालयमा लागनी गरेको भएनपनि त्यसबाट प्रतिफल भने त्यति राम्रो नआएको शिक्षाविद्हरु स्विकार गर्दछन् । पछिल्लो समय अंग्रेजी माध्यमका विद्यालय र विद्यार्थीका रोजाइ हुन् । सार्वजनिक विद्यालय त्यही कारण रित्तिदै र कमजोर सावित हुँदै गएका छन् ।

निर्वाचनमा सहभागी हुन देउवाको आग्रह

११ माघ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने निश्चित भएको बताउँदै निर्वाचनमा सहभागी भएर संविधान कार्यान्वयनमा साथ दिन आग्रह ...