लालबाबु पण्डितले भने – अहिले संविधान संशोधनको आवश्यकता छैन

नेकपा एमालेका नेता लालबाबु पण्डितले अहिले संविधान संशोधन आवश्यक नभएको बताउनुभएको छ । सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालार्इ सम्बोधन गर्दै नेता पण्डितले तरार्इ मधेशका नागरिक यति बेला संविधान संशोधनभन्दा पनि विकास र जारी संविधान कार्यान्वयनको पक्षमा रहेको बतानुभयो।

एमालेले तरार्इ मधेशको विकासको लागि ठाउँठाउँमा सेवा केन्द्रको अवधाराणा ल्याएर पहिले नै नागरिकको घरदैलोमा सेवा दिएको दाबी गर्नुभयो । उहाँले तीनै तहको चुनाव स‌म्पन्न नभएसम्म संविधान संशोधन हुन नसक्ने बताउनुभयो।

आगामी असोज २ गते हुने २ नम्बर प्रदेशको तेस्रो चरणको स्थानीय तह चुनावमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै तरार्इ मधेशका नागरिकमा एमाले प्रति विश्वास जागेको बताउनुभयो। उहाँले मधेशको राजधानी भनिने सर्लाहीमा पनि आफ्नो दल एमाले पहिलो पार्टी बन्ने बताउनुभयो।

१८ अंकले घट्यो नेप्से, किन बढ्दै छ बिक्री चाप ?

काठमाडौं धेरैजसो लगानीकर्ताले नयाँ सरकार गठनसँगै नेप्से परिसुचक बढ्ने अनुमान लगाएपनि ठिक त्यसको विपरित ओरालो लागेको छ । बाम नेतृत्वको सरकारले पूँजी बजारलाई प्राथमिकता दिने ...