ढुंगाले लागेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवानको मृत्यु

पासाङल्हामु राजमार्गको रसुवा खण्डमा सडक सुधार गर्ने क्रममा ढुंगाले लागेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवानको आइतबार ज्यान गएको छ ।

ज्यान जानेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत सशस्त्र प्रहरी जवान ३३ वर्षका रमेशकुमार श्रेष्ठ रहेका छन् । नुवाकोटको बिदुर नगरपालिका–९ गेर्खु स्थायी घर भएका श्रेष्ठ रसुवामा ९ दिनदेखि कार्यरत थिए ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित ठाडे नजिकै राजमार्ग सुधार अभियानको क्रममा ढुंगाले लागेर गम्भीर घाइते भएका उनलाई शनिबार सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको थियो ।

अस्पतालमा शनिबार बेलुकी नै अप्रेशन गरेको थियो । अप्रेशन पश्चात बाँच्ने आशा पलाए पनि आइतबार दिउँसो सवा १ बजे उनको निधन भएको हो ।

सशस्त्र प्रहरी रसुवाका प्रहरी नायव उपरीक्षक प्रकाश वाग्लेका अनुसार माथिबाट ठूलो ढुंगा खसेको र भाग्न खोज्दा उनलाई ढुंगाले लागेको थियो । अन्य साथीहरुले ढुंगा आयो भनेर भागे, श्रेष्ठ भने भाग्न खोज्दा खोज्दै एक्कासी ढंगाले लाग्यो,’ सशस्त्र प्रहरी रसुवाका प्रहरी नायव उपरीक्षक वाग्लेले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय रसुवाले सञ्चालन गरेको राजमार्ग सुधार अभियान अन्तर्गत शनिबार बिहान ठाडेदेखि सोलेसम्म सडकको खाल्डाखुल्डी पूर्ने कार्य भैरहेको अवस्थामा उनलाई ढुंगाले लागेको थियो ।

नयाँ शक्ति पार्टीद्धारा जिल्ला निर्वाचन कार्यालयमा धर्ना

२० चैत, नुवाकोट । नयाँ शक्ति पार्टी नेपालले आफ्नो चुनाव चिन्ह आँखा पाउनुपर्ने माग राख्दै जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको छ । नयाँ शक्ति पार्टिको ...