‘नाका’ मा यस्तो रुपमा देखिदैँ ‘भष्मे डन’

चलचित्र ‘पशुपतिप्रसाद’ बाट चर्चित र लोकप्रिय बनेका कलाकार हुन् बिपिन कार्की । चलचित्र ‘पशुपतिप्रसाद’मा अभिनय गर्नुपूर्व उनी धार परिवर्तन गरेको भनिएको चलचित्र ‘लुट’ मा पनि देखिएका थिए । त्यो चलचित्रमा उनले दर्शकको आँखामा पर्ने रोलमा पाएका थिएनन् । त्यसपछि उनी चलचित्र ‘छड्के’ मा देखिएका थिए । चलचित्र ‘छड्के’ मा यनी ‘बिन्दु’ को भुमिकामा देखिएका थिए । उनी त्यो चलचित्रमार्फत दर्शक र चलचित्रकर्मीहरुमाझ क्लिक हुन पुगे ।

आफुलाई जस्तोसुकै भुमिकामा पनि ढाल्न सक्ने उनी बिभिन्न चलचित्रमा फरक फरक रुपमा देखिएका छन् । ‘छड्के’ मा घरपरिवारसँग झगडा गरेर हिडेँको लफङ्गो ‘बिन्दु’ बनेका उनी चलचित्र ‘पशुपतिप्रसादमा आईपुग्दा ‘भष्मे डन’ भए । यस्तै उनको पछिल्लो समय रिलिज भएको चलचित्र ‘जात्रा’ मा उनी एक मध्यमबर्गिय परिवारको श्रीमानको रुपमा देखिएका छन् ।

यस्तैमा उनले आफ्नो नयाँ भेष सार्वजनिक गरेका छन् । अमृत श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र ‘नाका’मा उनलाई देखिने भेष बिपिनले सार्वजनिक गरेका छन् । चलचित्रमा उनी भिलेनको रुपमा देखिनेछन् । बिपिनले सार्वजनिक गरेको फोटोमा उनको हेयर स्टाईल सामान्यभन्दा निकै फरक देखिएको छ । फोटोमा बिपिनको कपाल बिचमा मात्र राखिएको छ भने दायाँ बायाँ पुरै खौरिएको छ । कालो चश्मा लगाएका उनी बाईकमा बसिरहेका छन् भने जिन्सको ज्याकेट लगाएका छन् ।

३० स्थानीय तहसहित ६१० वडाको मत परिणाम सार्वजनिक

तेस्रो चरणको असोज २ गते चुनाव सम्पन्न भएको प्रदेश नं २ को आठ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म ३० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको ...