कांग्रेस मेयर उम्मेदवारले आफ्ना कार्यकर्तालाई आक्रमण गरेको राजपाको आरोप

राजपा नेपाल धनुषाले नेपाली कांग्रेस जनकपुरका मेयर उम्मेदवार मनोज साहलगायत ६ जनाले आफ्ना दुई कार्यकर्तामाथि सांघातिक आक्रमण गरि घाइते बनाएको आरोप लगाएको छ ।

राजपाले शनिवार पत्रकार सम्मेलन गरेर शुक्रबार राति ९ बजे जनकपुरको मुरलीचोकमा रहेको आफ्नो जनकपुर उपमहानगरपालिका वाडा नं. ४ को प्रचारप्रसार कार्यालयमा तोडफोड गर्नुको साथै आफ्ना दुई कार्यकर्तालाई कुटपिट गरि घाइते बनाएको आरोप लगाएको हो ।

तीनचारजना कार्यकर्ता कार्यालयमा बसिराखेको बेला मेयर उम्मेदवार साहसहित ७ जनाको समूहले कार्यालयमा तोडफोड गर्नुको साथै गालीगलोज र आक्रमण गरेको भन्दै राजपा नेपाल धनुषाका संयोजक मण्डलका अध्यक्ष संजय सिंहले खेद प्रकट गर्नुभएको छ । आक्रमणमा परि राजपाका कार्यकर्ता मुकुन्द झा र रवि झा घाइते भई राति नै जनकपुर अञ्चल अस्पतालमा भर्ना भएको र उपचार गराई राति नै घर फर्किने बेला पुनः सम्पर्कविहीन बनेको उहाँले बताउनुभयो । उहाँले सम्पर्कविहीन भएको आफ्ना दुवै कार्यकर्तालाई पत्ता लगाई दिन र दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।

हार्ने डरले मौनअवधिको पूर्वसन्ध्यामा उम्मेदवारले उत्तेजक भएर यस्तो घटना घटाएको राजपाको आरोप लगाएको छ।

राजपाले आफ्ना कार्यालय र कार्यकर्तामाथि यस्तो घटना उम्मेदवारबाट हुँदासमेत कारबाहीको लागि कुनै कदम नचालेको भन्दै आक्रोश पोखेको छ । २४ घण्टा प्रहरी हुने स्थानमा आक्रमणको घटना हुँदा एउटासमेत प्रहरीको उपस्थिति नहुनुले सुनियोजित शैलीमा घटना घटाएको राजपाको आरोप छ ।

यदि यसरी नै घटना भइरहे आफूहरु त्यसको प्रतिवाद गर्ने चेतावनी राजपाले दिएको छ । कांग्रेस सरकारको बलमा धाँधली गर्ने दाउमा रहेको राजपाले आरोप लगाएको छ । यसप्रति निर्वाचन आयोग र प्रहरी प्रशसन गम्भीर हुनु पर्ने राजपाको माग छ ।

आरोप निराधार र बदनाम गर्ने षडयन्त्र : मेयर उम्मेदवार मनोज साह

यता नोपाली कांग्रेस जनकपुरका मेयर उम्मेदवार मनोज साहले राजपाले  आफूलाई बदनाम गर्न खोजको बताउनुभएको छ । आफू जनकपुरको कदमचोकमा चुनावी प्रचारप्रसार सकेर घर फर्किंदै गर्दा राजपाको कार्यालय अगाडी १५/१६ वर्षका ३/४ जना बालक गाडी अगाडीलाई रोक्दै साइकल छाप जिन्दाबाद नारा लगाउन थालेपछि आफूहरु ओर्लेर उनीहरुलाई सम्झाई बुझाई हटाएर त्यहाँबाट गएको साहको भनाई छ ।

आफूहरु त्यहाँबाट गइसकेपछि राजपाले आफै कार्यालयमा केही कुर्सी तोडफोड गरि सुनियोजित रुपमा आफूलाई बदनाम गराउने षडयन्त्र गरेको दावी गर्नुभयो । साहले भन्नुभयो ‘म जस्तो उम्मेदवारले वडाको प्रचार प्रसार कार्यालयमा गएर आक्रमण गर्ने घटना हस्यास्पद हो, म त्यहाँ गएर किन आक्रमण गर्छु ? सबै आआफ्ना प्रचार प्रसारमा लागेका छन् । मलाई के को आपत्ति ?’

निर्वाचनको वातावरण बन्दै गएको छः राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् । उनले राहत वितरणका लागि प्राधिकरण गठन गर्नुपर्ने ...