सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको शिव मन्दिर अव्यवस्थित

सृष्टि सुनुवार, सोलुखुम्बु 
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको शिव मन्दिर अव्यवस्थित रहेको पाइएको छ । विशेषगरी हरीतालिका तिजमा दर्शनार्थीहरु पुग्ने गरेको मन्दिर वरपर अहिले फोहोर बढ्दै गएको देखिन्छ । व्यवस्थापन समितिका सचिव एकाकुमारी कार्कीले माथिल्लो सल्लेरी टोल सुधार समितिले साप्ताहिक तथा सिद्धार्थ महिला संस्थाले मासिक सरसफाई गर्ने दावी गरेपनि मन्दिर आसपास फोहोर नैे भेटिएको हो ।
मन्दिरमा पानीको व्यवस्थापन नहुनु, शौचालय  निमार्ण भएको भएपनि प्रयोगमा रहेको छैन  । अगाडिको गेट खुल्ला रहँदा पशुचौपायहरु पस्ने, बालवालिकाहरु पसेर भित्ताहरुमा केरमेट गर्ने, पानी नभएको शौचालयमा दिशा पिसाब गरेपछि शिव मन्दिर वरपर फोहोर बढेको हो । हिन्दु धर्मालम्बीको विशेष देवता आराध्यदेव महादेवको मन्दिर आर्थिक अभावकै कारण व्यवस्थापन गर्न नसकेको अध्यक्ष ललित बहादुर बस्नेतले बताउनुभयो ।
आम्दानीको स्रोत नभएपछि मासिक २ हजार दिने गरी धुपबत्ति गर्न राखिएको पुजारीलाई समेत पैसा दिन गाह्रो भएको बस्नेतको भनाई छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको अगुवाईमा आर्थिक सहयोग संकलन गरी २०६५ साल फागुन २ गते निमार्ण सम्पन्न भई उद्घाटन गरिएको मन्दिरको अहिले रुप रंग फेरिएको छ । आवश्यक रंग रोगन र व्यवस्थापनको अभावले धार्मिक पर्यटकीय स्थलको सम्भावना बोकेको मन्दिरमा अहिले खासै भक्तजनहरु पुग्ने गरेका छैनन् ।  व्यवस्थापन समितिका  सचिव कार्कीले गत बर्ष मात्र पर्यटन कार्यलय नाम्चेबाट ५ लाख रुपियाँ छुट्याएर कम्पाउण्डमा तारजाली लगाएको बताउनुभयो ।
निमार्ण भएको ९ बर्ष भएको मन्दिरमा हाल सम्म कति भेटि संकलन भयो भन्ने यकिन विवरण समेत नभएको भन्दै अध्यक्ष बस्नेतले गएको तिजमा २४ सय संकलन भएको जानकारी दिनुभयो । आर्थिक सहयोग जुटाएर अक्षय कोष स्थापना गर्ने लक्ष्य आफुहरुको रहेको उहाँको भनाई छ ।   नगरपालिका भित्र रहेको मन्दिर नगरपालिकाको जिम्मेवारी हुने भन्दै आवश्यक बजेट व्यवस्थापन भए मन्दिरलाई सुन्दर बनाउने साथै नेपाली सेनाले बनाएको शिवमन्दिर आश्रय स्थलको मर्मत सम्भार गर्न सकिने आशा अध्यक्ष बस्नेतले व्यक्त गर्नुभयो ।

आधृनिक प्रविधिको विकास र मेसिनरी सामानको कारण ढिक्की संकटमा

नुवाकोटका ग्रामीण भेगहरुमा परम्परागत ढिकी ढिक्की लोप हृदै गएको छ । आधृनिक प्रविधिको विकास र मेसिनरी सामानको कारण ढिक्की संकटमा परेको हो । अहिले गाँउघरमा ...